नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ जेठ, २०८३
३ महिनाअघि

नेपालमा पछिल्ला वर्षहरूमा एउटा यस्तो स्वास्थ्य संकट चुपचाप फैलिरहेको छ, जसले युद्ध, महामारी वा दुर्घटनाभन्दा धेरै ज्यान लिइरहेको छ । त्यो हो नसर्ने रोग । जस्तो;  मुटुरोग, मधुमेह, क्यान्सर, दम, मिर्गौला तथा जीवनशैलीसँग जोडिएका रोगहरू । अहिले नसर्ने रोग नेपालीका लागि सबैभन्दा ठूलो स्वास्थ्य चुनौती बन्दै गएको छ ।

अस्पतालमा उपचार गराउन आउनेमध्ये अधिकांश बिरामी नसर्ने रोगबाट पीडित छन् । यो हामीले भनेको होइन, प्रत्येक पाँच वर्षमा हुने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यो तथ्य उजागर गरेको छ । अस्पतालका स्वास्थ्यकर्मी नसर्ने रोग बढ्दै गएकोमा चिन्तित छन् । पछिल्ला तथ्यांकले अवस्था झन् चिन्ताजनक देखाएका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार उच्च रक्तचाप, मोटोपना र जीवनशैलीजन्य रोगको दर तीव्र रूपमा बढिरहेको छ । विशेष गरी महिलामा मोटोपना र बढी तौलको समस्या उल्लेख्य रूपमा बढेको छ । सन् २०१६ मा २२.२ प्रतिशत रहेको यस्तो समस्या सन् २०२२ मा बढेर २९ प्रतिशत पुगेको छ । विशेषज्ञहरूका अनुसार यसको पछाडि बदलिँदो खानपान, बढ्दो जंक फुडको उपभोग, घट्दो शारीरिक श्रम र सहरी जीवनशैली प्रमुख कारण बनेका छन् ।

उच्च रक्तचापको अवस्था पनि कम डर लाग्दो छैन । सन् २०१६ मा पाँच प्रतिशत महिलामा देखिएको उच्च रक्तचाप सन् २०२२ सम्म आइपुग्दा ९.६ प्रतिशत पुगेको छ । चिकित्सकहरूका अनुसार यो केवल रक्तचापको समस्या मात्र होइन, यसले मुटुरोग, पक्षाघात, मिर्गौला रोग र दीर्घकालीन स्वास्थ्य जटिलताको ढोका खोल्ने काम गर्छ ।

धूम्रपान, मदिरा सेवन, शारीरिक गतिविधिको कमी र अस्वस्थकर खानपान अहिलेका प्रमुख जोखिम कारक हुन् । अझ चिन्ताको विषय युवापुस्तामा देखिएको नयाँ बानी हो, फास्टफुड, लामो समयसम्म बसिरहने जीवनशैली र व्यायामप्रतिको बेवास्ता । परम्परागत खानपान र श्रममा आधारित जीवनशैली घट्दै गएको छ । त्यसको ठाउँमा प्रशोधित खाना, चिल्लो पदार्थ र चिनीजन्य खानेकुराले लिइरहेको छ । स्वास्थ्य सर्वेक्षणले अर्को गम्भीर संकेत पनि दिएको छ भने मानसिक स्वास्थ्य समस्या समेत बढ्दो क्रममा छ ।

दुर्घटना, अपांगता, धूम्रपान र रक्तचापसँग सम्बन्धित सूचकले नेपाली समाजको स्वास्थ्य जोखिम बहुआयामिक बन्दै गएको देखाएको छ । प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश सबैभन्दा बढी जोखिममा देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहरी जीवनशैली, तनाव, कम शारीरिक गतिविधि र खानपानमा आएको परिवर्तनले यी क्षेत्रमा समस्या अझ बढाएको जनाएको छ ।

सबैभन्दा भयावह तथ्य भने मृत्यु दरमा देखिएको परिवर्तन हो । सन् २०१० मा नेपालमा कुल मृत्युमध्ये ५१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेकोमा अहिले यो बढेर ७१ प्रतिशत पुगेको छ । अर्थात् अहिले नेपालमा हुने १० मध्ये सातभन्दा बढी मृत्यु यिनै रोगसँग सम्बन्धित छन् । सन् २०१९ को स्वास्थ्य तथ्यांकअनुसार नेपालमा हरेक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिस विभिन्न रोगका कारण ज्यान गुमाइरहेका छन् । विज्ञहरूका अनुसार अहिले नै जीवनशैली परिवर्तन, नियमित स्वास्थ्य परीक्षण र रोकथाममा ध्यान नदिए यो संकट अझ गहिरिने जोखिम छ ।

नसर्ने रोग अब भविष्यको खतरा होइन, नेपालका लागि वर्तमानको सबैभन्दा ठूलो स्वास्थ्य चुनौती बनिसकेको छ । यो समस्या अस्पतालका बेड, स्वास्थ्य तथ्यांक वा चिकित्सकको चिन्तामा मात्र सीमित छैन, यो हाम्रो दैनिक जीवनशैली, खानपान, काम गर्ने तरिका र स्वास्थ्यप्रतिको चेतनासँग प्रत्यक्ष जोडिएको विषय हो ।

यदि अहिले नै रोकथाम, जनचेतना र व्यवहार परिवर्तनमा ध्यान दिइएन भने आगामी वर्षहरूमा बढ्दो मोटोपना, उच्च रक्तचाप, मानसिक स्वास्थ्य समस्या र जीवनशैलीजन्य रोगहरूले सबैलाई थला पार्ने स्पष्ट छ । नसर्ने रोगसँगको लडाइँ अस्पतालमा उपचारबाट मात्रै जितिँदैन । यसको सुरुआत घरबाट, भान्साबाट, दैनिक बानीबाट र व्यक्तिगत जिम्मेवारीबाट हुन्छ । सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि, धूम्रपान तथा मदिराबाट दूरी, समयमै स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्यप्रतिको सचेतनाले मात्रै यो बढ्दो संकटलाई नियन्त्रण गर्न सकिन्छ ।

आजको बेवास्ता भोलिको गम्भीर रोग बन्न सक्छ । त्यसैले नसर्ने रोगलाई ‘पछि सोचौँला’ भन्ने विषय होइन, अहिले नै ध्यान दिनुपर्ने राष्ट्रिय प्राथमिकताका रूपमा लिनु आवश्यक छ ।

प्रकाशित समय: मङ्गलबार १२ जेठ, २०८३, १०:२०:०३

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०