अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ माघ, २०८०
२ वर्षअघि

विराटनगर । नवजात शिशु बेचेको कसुरमा पक्राउ परेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई उच्च अदालतल विराटनगरले धरौटीमा छोड्न आदेश दियो ।

बिहीबार उच्चले विराटनगर महानगरपालिका-२ तीनपैनी घर भएका ६८ वर्षीय डा. कर्ण र उनीसँग यही कसुरमा पुर्पक्षका लागि थुनामा गएका सूर्यनारायण राजवंशीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो ।

Advertisement

मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले उनीहरूलाई धरौटीमा छोड्न आदेश गरेको हो ।

गत असोज २४ गते मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले कर्ण, राजवंशी र गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।

तर, उच्चले एकै कसुरका कर्ण र राजवंशीलाई धरौटीमा छोड्दा शिशुका बाबुसमेत रहेका राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ गते विराटनगरको ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन् ।

नर्मल डेलिभरिमार्फत् सामान्य अवस्थामा शिशुको जन्म भएको थियो ।

तर, नाताभित्रकै युवतीसँगको सम्बन्धबाट जन्मिएकी शिशुको व्यवस्थापनको जिम्मा गोविन्दले डा. कर्णलाई दिए ।

आमासँगै हुनुपर्ने ती शिशु नर्सले लिएर गए । सोही दिन अस्पतालबाट डिस्चार्ज गराएर गोविन्दले आफ्नी प्रेमीकालाई इटहरीस्थित एक होटलमा राखे ।

बच्चाबारे सोध्दा उपचार हुँदैछ भन्ने जबाफ दिएका गोविन्द होटल पुगेको दुई दिनपछि बेपत्ता भए ।

आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले ३२ साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइन् ।

अनुसन्धानका क्रममा डा. कर्णले शिशुलाई कटहरी गाउँपालकिा–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख गरिएको थियो ।

अस्पतालका कर्मचारीको सहयोगमा डा. कर्णले निःसन्तान दम्पतीलाई शिशु बेचेका थिए ।

अवैध सम्बन्धबाट जन्म भएको बच्चा भनेर कर्णले उक्त बच्चा व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए ।

मोरङ प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

तर, पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय भएको थियो ।

प्रहरीले डा. कर्णसहित ६ जनाविरुद्ध मानव बेचविखन, संगठित अपराध र मानव तस्कर गरी तीनवटा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतबाट डा. कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख र ४७ वर्षीया दिलमनीदेवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए ।

थुनाको समय अस्पतालमै

बच्चा बेचेको आरोप लागेपछि मोरङ प्रहरीले डा. कर्णलाई भदौ १ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

तर, बिरामी भएको बाहाना बनाउँदै उनी हिरासतको अधिकांश समय अस्पतालमै बसे । मोरङ प्रहरीले उनलाई हिरासत–अस्पताल डुलाइरह्यो ।

सुगर र प्रेस अनियन्त्रित भएको भन्दै उनले कोशी अस्पतालको २१२ नम्बरको सिंगल क्याबिन छोड्न मानेनन् ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार डा. कर्णको हिरासतको समय पनि अस्पतालमै बितेको थियो ।

‘घटना सतहमा आएपछि बयानका लागि हामीले उहाँलाई ल्याउने तयारी गरेका थियौं, त्यसबेला उहाँ दुइटा अपरेसन सकेर बस्नुभएको रहेछ,’ उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै बिरामी भएर ढल्नुभएछ । अर्को दिन उहाँलाई बयानका लागि ल्याएका बेला पनि अस्पताल पु¥याउने–ल्याउने गर्यौं तर नियमित ल्याउनु–लैजानुपर्ने भएका कारण प्रहरीको निगरानीमा अस्पतालमै राखेका थियौं ।’

असोज २४ गते मोरङ अदालतले पूर्पक्षका लागि मोरङ कारागार पठाएपछि पनि उनी त्यहाँ अडिन सकेनन् ।

कर्णको उपचारमा खटिएका डाक्टरहरूले उनको स्वास्थ्य सामान्य रहेको भन्दै पटक–पटक डिस्चार्ज दिएका थिए ।

बरु डा. कर्ण अस्पताल घुमेरै बसे तर कारागार जान मानेनन् ।

‘स्वास्थ्यावस्था ठीकै हुँदा पनि उहाँले अस्पताल छोड्न मान्नुभएन,’ अस्पताल स्रोतले भन्यो, ‘प्रेसर–सुगर कन्ट्रोल भएको भन्दै यसअघि पनि चिकित्सकहरूले उहाँलाई डिस्चार्ज दिनुभएको थियो । तर, उहाँले स्वास्थ्यलाभ नभएको बहानामा क्याबिन ओगट्नुयो ।’

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेका अनुसार कारागार ल्याएकै दिन डा. कर्ण बेहोस् भएका थिए ।

प्रहरीको निगरानीमा रहेर आफैं खर्च तिर्नेगरी असोज २६ गते कारागार प्रशासनले कागज गरिदिएको थियो ।

मोरङ कारागारमा स्वास्थ्यकर्मीको टोली पनि छ र औषधि पनि उपलब्ध हुन्छ ।

कर्ण आफैं पनि चिकित्सक भएका हुनाले आफ्नो इन्सुलिन आफैं लगाउन सक्थे ।

यस्तो अवस्थामा पनि डा. कर्णले कारागारको समय पनि अस्पतालमै बिताएका थिए ।

डा. कर्ण कोसी अस्पतालका पूर्वमेडिकल सुपरीटेन्डेन्ट पनि हुन् ।

कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु थिए ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट अवकाश लिएपछि उनले क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

क्लिनिक सञ्चालनसँगै उनी ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
२ हप्ताअघि

देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित

मङ्गलबार ९ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
२ हप्ताअघि

विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी

आईतबार ७ असार, २०८३
२ हप्ताअघि

विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत

आईतबार ३१ जेठ, २०८३
३ हप्ताअघि

कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 

आईतबार ३१ जेठ, २०८३
३ हप्ताअघि
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?
शनिवार २० असार, २०८३
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०