फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ असोज, २०८३
२ घण्टाअघि

काठमाडौं । मेडिकल व्यवसायी तथा राजनीतिक अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो । खतिवडा जेनजी आन्दोलनका क्रममा मृत्यु भएका रसिक खतिवडाकी आमासमेत हुन् ।

Advertisement

प्रसाईंले सामाजिक सञ्जालमार्फत सांसद खतिवडा र उनका दिवंगत छोरालाई जोडेर अपमानजनक तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ । प्रसाईंले खतिवडाले ‘छोराको लाससँग सांसद पद साटेको’ तथा ‘छोराको लाशमा टेकेर संसद् बनेको’ लगायतका अभिव्यक्ति दिएको आरोप उजुरीमा उल्लेख गरिएको बताइएको छ ।

प्रसाईंको उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै कडा आपत्ति जनाएकी थिइन् । संसदमा बोल्ने क्रममा उनले आफू र आफ्नो परिवारमाथि गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै भावुक भएकी थिइन् ।

सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारलाई अपमानित गर्ने तथा दिवंगत छोराको समेत नाम जोडेर आपत्तिजनक टिप्पणी गरिएको भन्दै खतिवडा परिवारले साइबर ब्युरोमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रसाईंलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको साइबर ब्युरोले जनाएको छ । अब प्रहरीले प्रसाईंले सामाजिक सञ्जालमा गरेको भनिएको अभिव्यक्ति, त्यसको स्रोत तथा कानुनी कसुरका विषयमा अनुसन्धान गर्नेछ ।

दुर्गा प्रसाईं यसअघि पनि विभिन्न मुद्दा तथा उजुरीका कारण पटक–पटक प्रहरी नियन्त्रणमा परिसकेका छन् । उनका विरुद्ध साइबर अपराधदेखि बैंकिङ कसुर तथा सार्वजनिक अशान्तिसँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढेको देखिन्छ ।

यसपटक भने सांसद रचना खतिवडाको उजुरीपछि सामाजिक सञ्जालमा गरिएको भनिएको आपत्तिजनक अभिव्यक्तिलाई आधार बनाएर साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
३ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
४ घण्टाअघि

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
२१ घण्टाअघि

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
२२ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
२४ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
२४ घण्टाअघि
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०