चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
१ वर्षअघि

विराटनगर । क्यान्सर रोगका बिरामीको विशिष्टिकृत उपचार गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगामा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार अस्पताल उद्घाटन गरिएको हो ।

सबै प्रकारका क्यान्सर रोगको उपचार एकै ठाउँमा हुनेगरी बूढीगंगा-२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले १०० शय्याको विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्पतालको उद्घाटन गरेका हुन् ।

विराट शिक्षण अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका मातापिता रेवन्त–रुक्मिणीको स्मृतिमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल सञ्चालनमा आएपछि यसले देशैभरिका क्यान्सर पीडित बिरामीको विशिष्टिकृत उपचारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइएको छ ।

विराट क्यान्सर इन्स्टिच्युटको स्थापनाले बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था अन्त्य भएको अस्पतालले जनाएको छ ।

समयमै रोगको अवस्था पहिचान गरिए धेरै प्रकारका क्यान्सर रोगको उपचार नेपालमै सम्भव रहेको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए ।

विराट मेडिकल कलेजका १२ सय शय्यामध्ये १०० शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको कार्कीले जानकारी दिए ।

चार सय करोड रुपैयाँको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि इन्स्टिच्युट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले क्यान्सर रोगका बिरामीलाई उपचारका लागि सरकारले दिने एक लाखको आर्थिक सहयोग पिनटमात्र भएको बताए ।

उनले क्यान्सर रोगको उपचारका निम्त्ति सरकारले बीमा कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्ने विषयमा जोड दिए ।

कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगबाट हुने मृत्युदर घटाउन जनचेतना आवश्यक रहेको बताए । उनले क्यान्सर हुँदा बिरामीले निकै पीडा भोग्नुपर्ने अनुभवसमेत सुनाए ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार रेवन्त रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले ‘आशा–क्लोज द केयर ग्याप’ नामक जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

प्रकाशित समय: आईतबार २१ माघ, २०८०, २१:४१:१३

सम्बन्धित खबर

सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शनिवार ६ ब‌ैशाख, २०८२
४ दिनअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
२ हप्ताअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
२ हप्ताअघि

रंगेली अस्पतालमा ८० जनाले पाए हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार

बुधबार १२ चैत, २०८१
४ हप्ताअघि
Holi

होलीको रङ हटाउन घरमै बनाउन सकिन्छ प्राकृतिक प्याक

बिहिबार २९ फाल्गुण, २०८१
१ महिनाअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०