चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
३ वर्षअघि

विराटनगर । क्यान्सर रोगका बिरामीको विशिष्टिकृत उपचार गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगामा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार अस्पताल उद्घाटन गरिएको हो ।

Advertisement

सबै प्रकारका क्यान्सर रोगको उपचार एकै ठाउँमा हुनेगरी बूढीगंगा-२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले १०० शय्याको विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्पतालको उद्घाटन गरेका हुन् ।

विराट शिक्षण अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका मातापिता रेवन्त–रुक्मिणीको स्मृतिमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल सञ्चालनमा आएपछि यसले देशैभरिका क्यान्सर पीडित बिरामीको विशिष्टिकृत उपचारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइएको छ ।

विराट क्यान्सर इन्स्टिच्युटको स्थापनाले बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था अन्त्य भएको अस्पतालले जनाएको छ ।

समयमै रोगको अवस्था पहिचान गरिए धेरै प्रकारका क्यान्सर रोगको उपचार नेपालमै सम्भव रहेको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए ।

विराट मेडिकल कलेजका १२ सय शय्यामध्ये १०० शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको कार्कीले जानकारी दिए ।

चार सय करोड रुपैयाँको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि इन्स्टिच्युट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले क्यान्सर रोगका बिरामीलाई उपचारका लागि सरकारले दिने एक लाखको आर्थिक सहयोग पिनटमात्र भएको बताए ।

उनले क्यान्सर रोगको उपचारका निम्त्ति सरकारले बीमा कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्ने विषयमा जोड दिए ।

कार्यक्रममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगबाट हुने मृत्युदर घटाउन जनचेतना आवश्यक रहेको बताए । उनले क्यान्सर हुँदा बिरामीले निकै पीडा भोग्नुपर्ने अनुभवसमेत सुनाए ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार रेवन्त रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले ‘आशा–क्लोज द केयर ग्याप’ नामक जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०