बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

काठमाडौं । बाढीले घरबारसँगै उपचारका लागि जुटाएको रकमसमेत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको जीवनरक्षाका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक सुनील शर्मा अघि सरेका छन्।

आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्ने अवस्थामा पुगेकी विष्णुकुमारीको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया केएमसीमा सुरु भएको छ। शर्माको पहलमा अस्पतालले प्रत्यारोपणसहित आवश्यक उपचारको सम्पूर्ण खर्च व्यहोर्ने भएको हो।

Advertisement

केही समयअघि आएको विनाशकारी बाढीले विष्णुकुमारीको परिवारको घरबारमा ठूलो क्षति पुर्‍याएको थियो। उपचारका लागि वर्षौं लगाएर जुटाएको आर्थिक स्रोतसमेत बाढीमा बगेपछि उनको उपचार थप जटिल बनेको थियो।

यस्तो अवस्थामा सुनील शर्माले विष्णुकुमारीको उपचारको जिम्मेवारी केएमसीमार्फत लिने घोषणा गरेका हुन्। उनले बिरामी विष्णुकुमारी, उनका श्रीमान् राजकुमार डंगोल र छोरालाई भेटेर उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए।

केएमसीका अनुसार बिरामी अस्पतालमा भर्ना भएदेखि मिर्गौला प्रत्यारोपण सम्पन्न भएर डिस्चार्ज हुँदासम्म लाग्ने चिकित्सा सेवा, औषधि तथा बेड शुल्क निःशुल्क उपलब्ध गराइनेछ। बिरामी र कुरुवाका लागि खानाको व्यवस्थासमेत अस्पतालले गर्ने जनाएको छ।

शर्माको पहलपछि उपचारको आशा पलाएको भन्दै विष्णुकुमारीका श्रीमान् राजकुमारले आभार व्यक्त गरेका छन्। सर्वस्व गुमाएको पीडाबीच उपचारको जिम्मेवारी लिइदिँदा आफूहरूलाई ठूलो राहत मिलेको उनले बताए।

विपद्का कारण आर्थिक संकटमा परेका नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन सुनील शर्माले यसअघि पनि बाढीपीडितका लागि आफ्नो अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका थिए। आर्थिक अभावकै कारण उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो मान्यता रहेको उनले बताउँदै आएका छन्।

मिर्गौला प्रत्यारोपण महँगो उपचारमध्ये पर्ने भएकाले आर्थिक रूपमा कमजोर परिवारका लागि यसको खर्च ठूलो चुनौती बन्ने गर्छ। यस्तो अवस्थामा सुनील शर्मा र केएमसीले विष्णुकुमारीको उपचारको जिम्मेवारी लिनुले उनको परिवारलाई ठूलो राहत दिएको छ।

अब चिकित्सकीय प्रक्रियाअनुसार विष्णुकुमारीको प्रत्यारोपण अघि बढाइनेछ। प्रत्यारोपण सफल भई उनी स्वास्थ्यलाभ गरेर घर फर्किन सकून् भन्ने परिवारको अपेक्षा छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०