विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ असोज, २०८३
२ हप्ताअघि

काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा १५ हजार रन पूरा गर्दै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

वेस्ट इन्डिजविरुद्ध तिरुवनन्तपुरममा भएको खेलमा उत्कृष्ट शतकीय पारी खेलेसँगै कोहली ओडिआईमा १५ हजार रन पूरा गर्ने विश्वकै दोस्रो ब्याटर बनेका हुन्। यसअघि भारतकै सचिन तेन्दुलकरले १८ हजार ४२६ रन बनाएर यो उपलब्धि हासिल गरेका थिए।

Advertisement

कोहलीले मात्र ३०३ पारीमा १५ हजार रन पूरा गरेका हुन्। उनले तेन्दुलकरले ३७७ पारीमा बनाएको उक्त कीर्तिमानलाई पछि पारेका छन्। बल सामना गर्ने आधारमा पनि कोहलीले सबैभन्दा कम १५ हजार रन पूरा गर्ने ब्याटरको कीर्तिमान बनाएका छन्। उनले यस क्रममा १५ हजार ९५० बल खेलेका छन्।

तिरुवनन्तपुरममा भएको खेलमा कोहलीले लिस्ट ‘ए’ क्रिकेटमा आफ्नो ६०औँ शतकसमेत पूरा गरे। यससँगै उनले लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक शतक बनाउने तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन्।

त्यसैगरी, घरेलु मैदानमा ७ हजार ओडिआई रन पूरा गर्ने कोहली पहिलो खेलाडी बनेका छन्। वेस्ट इन्डिजविरुद्ध उनको यो १०औँ ओडिआई शतक हो। कुनै एकै टोलीविरुद्ध सर्वाधिक ओडिआई शतक बनाउने आफ्नै कीर्तिमानसमेत उनले बराबरी गरेका छन्। यसअघि उनले श्रीलंकाविरुद्ध १० शतक बनाएका थिए।

कोहलीले उक्त खेलमा ७४ बलमै शतक पूरा गरेका थिए। यो उनको ओडिआई करिअरको तेस्रो छिटो शतक हो। पारीका क्रममा उनले ९ छक्का प्रहार गरे, जुन उनको ओडिआई करिअरमा एकै पारीमा प्रहार गरेको सर्वाधिक छक्का हो। वेस्ट इन्डिजविरुद्ध कुनै पनि भारतीय ब्याटरले प्रहार गरेको यो सर्वाधिक छक्कासमेत हो।

यस्तै, उक्त खेलमा भारतका अर्का ब्याटर शुभमन गिलले पनि नयाँ कीर्तिमान बनाए। गिलले आफ्नो ६७औँ पारीमा १०औँ ओडिआई शतक पूरा गर्दै भारतका लागि सबैभन्दा छिटो १० शतक बनाउने ब्याटरको कीर्तिमान कायम गरेका छन्।

बलिङतर्फ भारतीय स्पिनर कुलदीप यादवले ओडिआईमा १२औँ पटक चार वा सोभन्दा बढी विकेट लिए। यससँगै उनी भारतका लागि ओडिआईमा चार वा सोभन्दा बढी विकेट लिने उपलब्धिमा पूर्वबलर अजित अगरकरसँग संयुक्त रूपमा दोस्रो स्थानमा पुगेका छन्।

एकै खेलमा कोहली, गिल र कुलदीपको व्यक्तिगत कीर्तिमानसँगै भारतले आफ्नो क्रिकेट इतिहासमा थप केही उल्लेखनीय उपलब्धि जोडेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१५ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
१७ घण्टाअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१८ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०