कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी कारबाहीमा परेका छन् ।

अनुमतिबिना आफ्नो कार्यालयको ढोका खोलिदिएको भन्दै कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले कार्यालय सहयोगी पदमप्रसाद भट्टराईलाई निलम्बन गरेकी हुन् ।

Advertisement

आफू बाहिर भएको बेला अनुमतिबिना आफ्नो कार्यकक्षको ढोका खोलेको भन्दै इङ्नामले कार्यालय सहयोगी भट्टराईलाई निलम्बन गरेकी हुन् ।

अध्यक्ष इङ्नाम र उपाध्यक्ष भोला अधिकारीबीच भएको विवादको मारमा कार्यालय सहयोगी भट्टराई फरेका हुन् ।

केही दिनअघि बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष अधिकारी र वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीबीच चर्काचर्की परेको थियो ।

अध्यक्षको कार्यकक्षमा बसेको बैठकमा विवाद बढ्दै जाँदा उपाध्यक्ष अधिकारीले मुड्की बजारेर सिसाको टेबल फुटाएका थिए ।

अध्यक्ष तेह्रथुम गएको बेला गत बिहीबार उपाध्यक्ष अधिकारीले कार्यालय सहयोगी भट्टराईलाई सिसा फेर्न निर्देशन दिएका थिए ।

अध्यक्षले कार्यकक्षको ताला नखोल्न निर्देशन दिएकोले उनको सचिवालयमा बस्ने कार्यालय सहयोगीले सुरुमा ताला खोल्न मानेका थिएनन् ।

कार्यालय सहयोगी भट्टराईले भने, ‘उपाध्यक्षले भने पनि नखोल्न भनेर अध्यक्षज्यूले भन्नुभएको थियो । तर, उहाँहरू नभएको दिन उपाध्यक्षले अध्यक्षको कोठा खोल्न भन्नुभयो र बाध्य भएर मैले खोलेको हुँ ।’

सोही प्रकरणमा आफ्नो अनुमतिबिना कार्यकक्षको ढोका खोलेको भन्दै अध्यक्षले निलम्बन गरेपछि भट्टराईको गुजारामै समस्या परेको छ ।

उपाध्यक्ष अधिकारीले भने अध्यक्षसँग सल्लाह नै गरेर सिसा फेर्ने सहमति भएको दाबी गर्दै कुनै कर्मचारीलाई कारबाही नगरिएको जिकिर गरेका छन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष बुढाथोकीले कार्यालय सहयोगीलाई निलम्बन गरेको भए पनि निष्काशन नगरेको बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०