विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले करारमा कर्मचारी नियुक्त गर्ने भएको छ । मन्त्रालयले स्टाफ नर्स सेवा करार गरी पदपूर्ति गर्नेगरी सोमबार सूचना प्रकाशित गरेको हो ।
सूचना प्रकाशित मितिले १० दिनभित्र उम्मेदवारले दरखास्त बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
कोभिड–१९ प्रतिकार्यअन्तर्गत ग्लोबल फन्डबाट विराटनगरस्थित प्रादेशिक प्रेषण केन्द्रमा काम गर्नेगरी तीन जना स्टाफ नर्स माग गरिएको छ ।
यसैगरी, सोमबारै सूचना जारी गरी मन्त्रालयले आठ जना विशेषज्ञ चिकित्सक करार सेवामा लिने जनाएको छ ।