विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागुऔषध कारोबारी सुनिता राई पक्राउ परेकी छन् ।
प्रहरीले बुधबार सुन्दरहरैंचा-३ बस्ने अन्दाजी ३० वर्षीया राईलाई उनको घरैबाट समातेको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लागुऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनी पक्राउ परेकी हुन् ।
एसपी कार्कीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित राई पक्राउ परेको बताए ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको छ ।
साथै, साढे तीन किलो गाँजा र पाँच लाख ३८ हजार दुई सय ५० रुपैयाँ नगद, डिजिटल तराजु दुई थान र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।