तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० भदौ, २०८३
३ हप्ताअघि

काठमाडौं । मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी नुवाकोटको विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको तीजको दिन उद्धार गरिएको छ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले माझीलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका हुन्।

Advertisement

स्नातक तहमा अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएकै कारण साथीहरूको सहयोगमा उपचार गराइरहेकी थिइन्। उनी करिब १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिइन्। आर्थिक अभावका कारण त्यहाँ उपचारलाई निरन्तरता दिन समस्या भएपछि माझीकी साथी दामु शेर्पाले नेपाल विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष करुणा कटुवाललाई उनको अवस्थाबारे जानकारी गराएकी थिइन्।

कटुवालले माझीको उपचारका लागि सहयोग मागेपछि डा. शर्माले तीजको दिन उनलाई त्रिवि शिक्षण अस्पतालबाट केएमसी ल्याउने व्यवस्था गरेका हुन्। शर्माकै पहलमा पठाइएको एम्बुलेन्समार्फत माझीलाई केएमसी ल्याइएको हो।

माझीलाई अस्पताल भर्ना गरिएदेखि उपचार पूरा भएर स्वस्थ भई घर फर्किंदासम्मको सम्पूर्ण उपचार निःशुल्क गर्ने डा. शर्माले घोषणा गरेका छन्। त्यस्तै, मिर्गौला प्रत्यारोपणका लागि आउने दाता र बिरामीका एक जना कुरुवालाई अस्पतालमा रहँदासम्म दैनिक चार छाक खाना समेत निःशुल्क उपलब्ध गराउने उनले बताएका छन्।

माझी केएमसी आइपुग्दा अस्पताल सञ्चालकसमेत रहेका डा. शर्मा चिकित्सकको टोलीसहित आकस्मिक कक्षमा उपचारको तयारीका लागि उपस्थित थिए।

केएमसीका चिकित्सक डा. सुरेश महर्जनका अनुसार माझीको मिर्गौलामा गम्भीर समस्या देखिएको छ र उनको डायलासिस सुरु भइसकेको छ। परीक्षणका क्रममा फोक्सोमा क्षयरोग (टीबी) समेत देखिएकाले त्यसको उपचार पनि सुरु गरिने चिकित्सकले बताएका छन्।

ट्रान्सप्लान्ट सर्जन डा. विजयमानसिंह कटुवालका अनुसार पहिले माझीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल बनाइनेछ। त्यसपछि सकेसम्म छिटो मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढाइनेछ।

माझीको उपचारका क्रममा आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्रीको खर्च भने सामाजिक पहलबाट जुटाइने नेपाल विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष करुणा कटुवालले बताइन्।

निजी अस्पतालमा उपचार गराउँदा राज्यले निःशुल्क उपलब्ध गराउने भनिएका औषधिसमेत बिरामीले सहज रूपमा पाउन नसक्ने अवस्था रहेको भन्दै आर्थिक रूपमा कमजोर बिरामीका लागि सामाजिक सहयोग जुटाउनुपर्ने बाध्यता रहेको उनले बताइन्।

‘तीजको दिन चेलीको उद्धार गर्न पाउँदा आफूलाई गर्व लागेको छ,’ कटुवालले भनिन्।

डा. शर्माले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने रकमलाई १० लाख रुपैयाँ पुर्‍याउन सके आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने समस्या धेरै हदसम्म समाधान हुने बताए। स्वास्थ्य क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै नागरिक उपचारबाट वञ्चित हुन नहुने बताए।

केएमसीमा हालसम्म गरिएका मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएको अस्पतालको दाबी छ।

छोरीको उपचारको सम्पूर्ण जिम्मेवारी लिएकोमा विनिताका बुबाले डा. सुनील शर्मा, करुणा कटुवाल र छोरीकी साथी दामु शेर्पाप्रति धन्यवाद व्यक्त गरेका छन्।

भोटेकोशी बाढीका कारण आर्थिक अवस्था गुमाएका पीडितका लागि पनि केएमसीले यसअघि निःशुल्क उपचार, औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। बाढीपीडितमध्ये मिर्गौला प्रत्यारोपण आवश्यक पर्ने बिरामीलाई समेत निःशुल्क सेवा दिने क्रमलाई डा. शर्माले निरन्तरता दिएका हुन्।

यसअघि भोटेकोशी बाढीमा सबै गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको पनि केएमसी सिनामंगलमा निःशुल्क मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु भइसकेको छ। उनका श्रीमान् राजकुमार डंगोल हुन्। बाढीपछि परिवारको आर्थिक अवस्था कमजोर बनेका कारण उपचार तथा मिर्गौला प्रत्यारोपणको खर्च जुटाउन समस्या भएको थियो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सम्हालेपछि डा. शर्माले हालै केएमसीमा एक हजार विपन्न नागरिकको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका थिए।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सेवा गर्दै आएका शर्माले नयाँ जिम्मेवारीसँगै सामाजिक सेवाको दायरा थप विस्तार गर्ने बताएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०