मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ असोज, २०८३
१ घण्टाअघि

काठमाडौं । सरकारले उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने भएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सोमबार मन्त्रालयले आयोजना गरेको ऐन कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनासम्बन्धी छलफलमा स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दै लामो समयदेखि कानुन बने पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा उपभोक्ताले अस्वस्थकर मासु उपभोग गर्नुपर्ने अवस्था रहेको बताइन्।

Advertisement

सरकारको योजनाअनुसार पहिलो चरणमा मंसिर १ गतेदेखि काठमाडौं उपत्यकामा ऐन लागू गरिनेछ। त्यसपछि माघ १ गतेदेखि अन्य नगरपालिकामा र २०८४ साउन १ गतेदेखि देशभर ऐन कार्यान्वयन गर्ने तयारी गरिएको मन्त्री चौधरीले जानकारी दिइन्।

ऐन कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ। तीनै तहका सरकारले एकअर्कालाई दोष दिनुभन्दा सहकार्य गरेर उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री चौधरीले बताइन्।

पशु वधशाला तथा मासु जाँच ऐन बनेको २८ वर्ष बितिसक्दा पनि हेटौँडा, सुर्खेत र बुटवलका केही क्षेत्रमा मात्रै सीमित रूपमा कार्यान्वयन भएको मन्त्रालयले जनाएको छ। ती क्षेत्रमा समेत ऐन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको मन्त्री चौधरीले बताइन्।

काठमाडौं उपत्यकामा ऐन लागू गर्न वधस्थल निर्धारण, मासु सुपरिवेक्षक नियुक्ति तथा मासु बिक्रीसम्बन्धी इजाजतका लागि सूचना प्रकाशनलगायतका काम अघि बढाइएको छ। अनुगमन तथा निरीक्षणका लागि सम्बन्धित निकायको संयुक्त टोली गठन गर्ने तयारीसमेत गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले संविधानले सुनिश्चित गरेको उपभोक्ताको हक संरक्षणका लागि स्वस्थकर मासु उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन्।

साथै, साना तथा परम्परागत मासु व्यवसायीको पेशा संरक्षण गर्दै उनीहरूलाई समूह, सहकारी वा सार्वजनिक कम्पनीमार्फत व्यवस्थित वधशाला तथा वधस्थलमा आबद्ध गराउनुपर्नेमा उनले जोड दिइन्।

ऐनलाई वर्तमान आवश्यकता र प्रविधिअनुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाउने तयारीसमेत रहेको मन्त्री चौधरीले बताइन्। ऐन कार्यान्वयनका क्रममा देखिने समस्या पहिचान गरी आवश्यक नीतिगत तथा व्यावहारिक सुधार गरिने उनको भनाइ छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
६ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
६ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
८ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
९ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
१० घण्टाअघि

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
१ दिनअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०