विराट मेडिकलका पुरुष नर्सहरू : जसले गर्दैछन् मानसिक बिरामीको उपचार !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन् ।

ती बिरामीहरूलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरू छन् । उनीहरू नझर्की, अत्ताइकन धैर्यपूर्वक शान्त नम्रबोलीले बिरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन् ।

Advertisement

उनीहरू दैनिक साँझ-बिहान मात्र नभएर आकस्मिक रूपमा अबेर राति पनि बिरामीको नियमित जाँच गर्ने, समयमा औषधि खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड राख्नेदेखि, इसिजी गर्ने र शौच गरे-नगरेको जाँचहरू पठाउने र रिर्पोट अभिलेखीकरण गरेर राख्ने कामसम्म भ्याउँछन् ।

त्यसबाहेक डाक्टरहरूलाई बिरामीको अवस्था ब्रिफिङ गर्नेदेखि बिरामी र उनीहरूका कुरुवालाई काउन्सिलिङ गर्ने काम पनि उनीहरू जिम्मेवारीपूर्व गर्छन् ।

यतिमात्र नभएर कति सिकिस्त बिरामीहरूलाई दिसा-पिसाब गराउन शौचालय लानेदेखि लुगा फेरिदिने मात्र नभएर औषधि नखाने बिरामीहरू कसैलाई फकाएर त कसैलाई चूर्ण बनाएर औषधि खुवाउने काम पनि गर्ने गर्छन् ।

बिरामीको प्रभावकारी सेवा गरेकै कारण विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरू छैनन्, त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिमप्राप्त पुरुष नर्सहरूले नै सेवा दिइरहेका छन् ।

उसैपनि नर्स भएर बिरामीको सेवा गर्नु सजिलो काम होइन । यसका लागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन ।

नर्स हुनका लागि मृदुभाषी, लगनशील र जिम्मेवार हुनुपर्छ । मानसिक बिरामीहरूको सेवा गर्ने काम विशेष गरी कष्टकर र जोखिमपूर्ण हुन्छ ।

उपचारका लागि भर्ना भएका बिरामीहरू कोही मानसिक रूपले विक्षिप्त हुन्छन् भने कोही चिच्याउने, कराउने, होहल्ला गर्ने र कुटपिट गर्ने खालका पनि हुन्छन् । प्रायः आफूलाई बिरामी मान्दैनन् र औषधि तथा खाना खान चाहँदैनन्, बरु झगडा गर्छन् । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन् ।

विराट अस्पतालको मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव भन्छन्, ‘बिरामी जाँचेर औषधि लेख्ने दक्षता हासिल गरे पनि, हामी थप अनुभव हासिल गरेर दक्ष स्वास्थ्यकर्मी बन्नका लागि जोखिम मोलेर भए पनि नर्स भएर बिरामीको उपचार गर्न लागिपरेका छौं ।’

निरजजस्तै तीन वर्षे स्वास्थ्य सहायक (एचए) कोर्स गरेर तालिम लिएका विजय राजवंशी, मनोज मेहता, प्रशान्त ठाकुर, नितेशकुमार मेहता र सिकन्दर यादवहरू पुरुष नर्स बनेर मानसिक रोगीहरूको निरन्तर सेवा गरिरहेका छन्।

मानसिक विभागमा दुई वर्षदेखि नर्स भएर बिरामीको सेवा गर्दै आएका मनोज मेहता र उनका साथीहरू बताउँछन् ।

“हामी पुरुषमात्र नभएर अशक्त महिला, बालबालिका र जेष्ठ नागरिक सबै अशक्त बिरामीहरूलाई कुनै भेदभाव नगरी कडा र जटिल खाले सबै बिरामीहरूको झर्को नमानी सेवा-सुश्रुषा गर्छौं,’ उनीहरू थप्छन्, ‘सन्तुष्ट हुने गरी सेवा गरेकै कारण आजसम्म कुनै पनि बिरामी र कुरुवाहरूले असन्तुष्टि जनाएका छैनन्, बरु सबैले प्रशंसा नै गरेका छन् ।’

कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका केही बिरामीहरू होशवाश नभएका हुन्छन् भने केही चाहिँ कुटपिट गर्ने र आफूमाथि हिंसात्मक व्यवहार गर्नेहरू पनि हुन्छन् ।

कतिपयले मौका खोजेर आफूलाई घात गर्नेदेखि आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन् । यसैले सेवामा खटिएका नर्सहरूले चौबीसै घण्टा सतर्क रहनुपर्दछ ।

नर्स सिकेन्द्र यादव बताउँछन्, ‘आफूहरूको सजगता र धैर्यताकै कारण आजसम्म कुनै अप्रिय घटना हुन पाएको छैन । बरु उपचारमा आएका बिरामीहरू निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।’

मानसिक विभागका रेसिडेन्सियल इन्चार्ज चिकित्सक डाक्टर शिर्षकदीप श्रेष्ठ बताउँछन्, ‘मानसिक विभागमा भर्ना भएका बिरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरूले पनि महिला नर्सहरूले जत्तिकै प्रभावकारी सेवा दिइरहेकाले उपचार सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरहेको छ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०