जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

नगेन्द्र खड्का
शुक्रबार ८ जेठ, २०८३
२ महिनाअघि

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले जापानी प्रविधिमा आधारित अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवाको औपचारिक शुभारम्भ गरेको छ। अस्पतालले पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ प्रविधिसहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएको हो।
अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा विश्वसनीय फुजिफिल्म इशेलोन स्मार्ट १.५ टेस्ला एमआरआई सिस्टम तथा १२८ स्लाइस सिटी स्क्यान सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ। अत्याधुनिक प्रविधिमा आधारित यी उपकरणले बिरामीको रोग पहिचानलाई थप छिटो, सटीक र प्रभावकारी बनाउने अस्पताल प्रशासनको विश्वास छ।
ग्रामीण तथा मध्यम आय भएका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले करिब १० करोड रुपैयाँ लागतमा एमआरआई मेसिन र झन्डै ४ करोड रुपैयाँ लागतमा सिटी स्क्यान मेसिन खरिद गरेको जनाएको छ। अस्पतालका अनुसार यी उपकरण सञ्चालनमा आएपछि पूर्वी नेपालका बिरामीले सामान्य परीक्षणका लागि काठमाडौं वा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
हाल २०० शैयाको सेवा सञ्चालन गरिरहेको अस्पतालमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पताल प्रशासनका अनुसार अत्याधुनिक उपकरण अभावका कारण यसअघि धेरै बिरामी अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेकाले नयाँ सेवा सञ्चालनसँगै उपचार प्रणाली थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।
अस्पतालले हाल आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग सेवा (ओपीडी), मेडिसिन, शल्यक्रिया, स्त्री तथा प्रसूति रोग, ग्यास्ट्रो रोग, बालरोग, हाडजोर्नी, दन्त सेवा, आँखा, नाक–कान–घाँटी सेवा, मानसिक स्वास्थ्य, रेडियोलोजी तथा प्याथोलोजी सेवा सञ्चालन गरिरहेको जनाएको छ।
त्यस्तै सघन उपचार सेवा अन्तर्गत नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), मुटुरोग सघन उपचार कक्ष (सीसीयू) तथा उच्च निगरानी कक्ष (एचडीसीयू) सेवासमेत उपलब्ध रहेको अस्पतालले जानकारी दिएको छ। ग्रामीण क्षेत्रमै विशेषज्ञ सेवा विस्तार गरिएकाले बिरामीलाई सहज भएको अस्पतालको दाबी छ।
पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले निजी अस्पतालको महँगो उपचार प्रणालीभन्दा फरक ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बिरामीलाई आर्थिक भार नपर्ने गरी कोशी अञ्चल अस्पताल तथा सरकारी अस्पतालको तुलनात्मक दरमै सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
अस्पतालले सरकारले स्वास्थ्य बीमासम्बन्धी नयाँ व्यवस्था लागू गरे त्यसलाई समेत कार्यान्वयन गर्न तयार रहेको उल्लेख गरेको छ। हाल भने नयाँ बीमा नीति पूर्ण रूपमा कार्यान्वयनमा नरहेको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालले चाँडै क्याथल्याब सेवा सञ्चालनको तयारीसमेत भइरहेको जानकारी दिएको छ। मुटुरोग सम्बन्धी जटिल परीक्षण र उपचारका लागि आवश्यक क्याथल्याब सेवा सुरु भएपछि प्रदेशकै स्वास्थ्य क्षेत्रमा थप ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।
अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलका अनुसार अस्पतालले विगत दुई वर्षदेखि ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै सेवा दिँदै आएको छ। नेपाल सरकारको निर्देशनअनुसार अस्पतालले समग्र उपचार सेवामा १० प्रतिशत छुट प्रदान गर्दै आएको उनले बताए।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका केही बिरामीलाई अस्पतालले निःशुल्क उपचार मात्र नभई खान–बस्नको समेत व्यवस्था गरेर घर फर्काउने गरेको छ। “हामी अस्पताललाई केवल पैसा कमाउने माध्यमका रूपमा होइन, सामाजिक उत्तरदायित्व बोकेको स्वास्थ्य संस्था भनेर सञ्चालन गरिरहेका छौँ,” उनले भने।
अस्पताल प्रशासनले विशेष गरी मध्यम तथा निम्न आय भएका नागरिकलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित सेवा विस्तार गरिएको जनाएको छ। आधुनिक उपकरण, सहुलियत दर र सामाजिक उत्तरदायित्वसहितको सेवाले ग्रामीण भेगका बिरामीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शुक्रबार ८ जेठ, २०८३, १८:४८:३३

सम्बन्धित खबर

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१३ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
१६ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
१८ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
२१ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
२३ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
१ दिनअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०