कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३१ जेठ, २०८३
४ महिनाअघि

धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालयका कर्मचारीले एक महिलाले खुद्रा सामान बिक्रीका लागि प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसालेपछि विवाद उत्पन्न भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वन कार्यालयको कार्यशैलीमाथि व्यापक आलोचना भइरहेको छ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा धनादेवी धामीले पुरानो टेम्पोलाई पसलका रूपमा प्रयोग गर्दै दैनिक गुजारा चलाउँदै आएकी थिइन्। धामीका अनुसार वन कार्यालयका कर्मचारीले पहिले टेम्पोभित्रका सामान झारेपछि आफूले घर लैजान दिने आग्रह गर्दा पनि नमानेर टेम्पोलाई सडकबाट भिरमा खसालिदिएका हुन्।

Advertisement

“सामान निकालिसकेपछि म आफैं टेम्पो लैजान्छु भनेकी थिएँ, तर कसैले सुनेन,” धामीले बताएकी छन्। टेम्पो नै आफ्नो जीविकोपार्जनको मुख्य आधार रहेको भन्दै उनले सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेकी छन्।

यता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने उक्त टेम्पो लामो समयदेखि वन तथा सडक क्षेत्र अतिक्रमण गरेर राखिएको दाबी गरेका छन्। उनका अनुसार कार्यालयले गत पुस महिनादेखि नै पटक–पटक हटाउन मौखिक र लिखित रूपमा आग्रह गर्दै आएको थियो।

“कर्मचारी टेम्पो खाली गराउन पुगेका बेला गालीगलौज भएपछि आवेशमा यस्तो घटना भएको हुन सक्छ,” ठाकुरले भने। उनले टेम्पो सडकमा चलाउन नमिल्ने अवस्थाको पुरानो सवारी रहेको पनि दाबी गरेका छन्।

वन कार्यालयका अनुसार राजमार्ग क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकिएको छ। तर, अतिक्रमण हटाउने नाममा नागरिकको सम्पत्तिमा क्षति पुर्‍याउने शैली उचित हो वा होइन भन्ने विषयमा घटनापछि सार्वजनिक रूपमा बहस सुरु भएको छ।

स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले कानुनी प्रक्रिया अवलम्बन नगरी नागरिकको जीविकोपार्जनको साधन भिरबाट खसालिएको भन्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
५ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
८ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
९ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
१० घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०