विराटनगर । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गरेलगत्तै नेपाली कांग्रेस, एमाले तथा नेपाल कम्युनिस्ट पार्टीसहितका विपक्षी दलका सांसद्हरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विपक्षी दलहरूको अवरोधपछि सभामुख अर्यालले एमालेकी सांसद् पद्मा अर्याललाई आफ्नो धारणा राख्न समय दिएका छन्।