धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २३ जेठ, २०८३
४ महिनाअघि

धनकुटा । चौबिसे गाउँपालिकाले गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा नं. २ स्थित शुक्रबारेमा एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

वडा अध्यक्ष एनोज तुम्साज्यूको अध्यक्षतामा सम्पन्न शिविरमा १८० जना स्थानीयवासीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्। सेवाग्राहीहरूलाई गाउँपालिकाको तर्फबाट निःशुल्क आयुर्वेदिक औषधिसमेत वितरण गरिएको थियो।

Advertisement

शिविर सञ्चालनका लागि वडा कार्यालय र शुक्रबारे स्वास्थ्य चौकीले आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए। शिविरमा ग्यास्ट्राइटिस, बाथ तथा जोर्नी दुखाइ, पिनास, दम, बवासीर, खोकी, विभिन्न प्रकारका शारीरिक दुखाइ, शरीर सुन्निने समस्या, महिनावारीसम्बन्धी समस्या तथा दाँत दुख्ने लगायतका रोगहरूको परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिएको थियो।

गाउँपालिकाका अनुसार स्थानीय समुदायलाई घर नजिकै गुणस्तरीय आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरले स्वास्थ्य सचेतना अभिवृद्धिसँगै रोगको पहिचान र व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्‍याएको जनाइएको छ।

यही जेठ २२ गते बिहान ९ बजेदेखि साँझ ६ः३० बजेसम्म सञ्चालन भएको शिविरमा वैद्य नितु यादव तथा जनस्वास्थ्य अधिकृत नितु यादवले स्वास्थ्य सेवा प्रदान गरेकी थिइन्।

शिविरबाट लाभान्वित स्थानीयवासीहरूले गाउँपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता दिएको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
१ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
२ घण्टाअघि

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
१९ घण्टाअघि

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
२० घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
२२ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
२२ घण्टाअघि
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०