अमेजनले विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
७ महिनाअघि

न्यूयोर्क । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनले गत अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना योजनाअन्तर्गत विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने जनाएको छ। कम्पनीले बुधबार यसबारे जानकारी दिएको हो।

यसअघि नै १४ हजार पद कटौती गर्ने योजना सार्वजनिक गरिसकेको विशाल ई–कमर्स कम्पनी अमेजनले अब थप १६ हजार पद समायोजन गर्ने बताएको हो।

कम्पनीकी वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले जारी गरेको विज्ञप्तिमा पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी दिँदै रोजगारी कटौतीको उद्देश्य “तहहरू घटाउने, स्वामित्व बढाउने र कर्मचारीतन्त्र हटाउने” रहेको बताएकी छन्।

अक्टोबरमा सार्वजनिक मिडिया रिपोर्टअनुसार कुल करिब ३० हजार रोजगारी कटौती अमेजनका करिब ३ लाख ५० हजार कार्यालय–आधारित कर्मचारीको १० प्रतिशतभन्दा बढी हो।

योजनाअनुसार वितरण केन्द्र तथा गोदाममा कार्यरत कामदारहरूलाई असर नपर्ने र कार्यालयमा काम गर्ने जनशक्ति घटाइने जनाइएको छ। वितरण तथा गोदाम क्षेत्रमा कार्यरत करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव नपार्ने बताइएको छ।

कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनको यो कदम कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानीको बीचमा आएको हो।

यद्यपि, अमेजनले बुधबार घोषणा गरिएको पछिल्लो रोजगारी कटौतीबारे औपचारिक पुष्टि भने गरेको छैन। कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजना फेब्रुअरी ६ मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित समय: बुधबार १५ माघ, २०८२, २०:५६:१४
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०