विराटनगर । भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच चर्चित युट्युबर ध्रुव राठी पक्राउ परेका छन्।
उनलाई शनिबार बिहान हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ बाट प्रहरीले हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि राठीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै दिल्लीमा ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको र कैयौँ रेल तथा बस सेवा रद्द भएको बताएका थिए।
प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुन जुटेका कैयौँ व्यक्तिलाई समेत हिरासतमा लिएको जनाइएको छ।