नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
१ घण्टाअघि

काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैं तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरमा एफटीटीएच इन्टरनेट, मोबाइल डाटा, भ्वाइस र एसएमएस प्याकेजमा छुट तथा सहुलियत दिइएको छ।

टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्। १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्दा एक महिना थप गरी १३ महिनाको सेवा उपलब्ध हुनेछ।

Advertisement

४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

अफरअन्तर्गत जीएसएम मोबाइल प्रयोगकर्ताले ४९९ रुपैयाँमा ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज खरिद गर्न सक्नेछन्।

४९९ रुपैयाँको प्याकेजमा दैनिक ५ जीबी र ६९९ रुपैयाँको प्याकेजमा दैनिक १० जीबी डाटा उपलब्ध हुनेछ। दैनिक तोकिएको डाटा सकिएपछि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा बाँकी अवधिभर असीमित डाटा चलाउन सकिनेछ। दुवै प्याकेजको अवधि ३० दिनको हुनेछ।

भ्वाइस र एसएमएसमा पनि अफर

टेलिकमले २५० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने १ हजार मिनेट भ्वाइससहितको ‘जोयफुल मिनेट्स’ प्याकेज ल्याएको छ। त्यस्तै, ९९ रुपैयाँमा १ हजार अन-नेट एसएमएससहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज उपलब्ध हुनेछ। यी दुवै प्याकेजको अवधि ३० दिनको हुनेछ।

मोबाइलबाट प्याकेज खरिद गर्ने ग्राहकले असोज ३० देखि कात्तिक ३० गतेसम्म अफरको सुविधा लिन सक्नेछन्। ग्राहकले *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०