नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहअन्तर्गत मुगु जिल्ला सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनले मल्ललाई जिल्ला सभापतिको जिम्मेवारी दिएको हो।
सभापतिका आकांक्षी खगेन्द्र मल्लले पार्टीलाई जिल्लामा थप सुदृढ बनाउने उद्देश्यसहित आफ्नो दाबीबाट पछि हटेपछि तिलकबहादुर मल्ल सर्वसम्मत चयन भएका हुन्।
कांग्रेस नेता धर्मराज शाहीका अनुसार अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरिएको छ। सर्वसम्मत नेतृत्व चयनसँगै जिल्लामा पार्टीको संगठन थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
देउवा समूहले कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। जिल्ला तहमा नेतृत्व चयन र संगठन विस्तारलाई तीव्रता दिँदै समूहले आगामी दिनमा पार्टीको सांगठनिक गतिविधि प्रभावकारी बनाउने प्रयास गरिरहेको छ।