बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
२ घण्टाअघि

बाढीपहिरोले क्षति पुर्‍याएको लमजुङको बेँसीसहरदेखि मनाङको चामेसम्मको सडक मर्मत तथा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ। त्यस्तै, सडकको समग्र स्तरोन्नतिका लागि तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सडक स्तरोन्नतिका लागि छुट्टाछुट्टै बजेट प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको जनाएको छ।

Advertisement

आयोजना प्रमुख सतीश सुवेदीका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो। तीमध्ये छ स्थानमा सडकको ट्र्याक नै क्षतिग्रस्त भएको थियो भने विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो।

रामबजार, नासोँ गाउँपालिका–३ को खोत्रो र मनाङको कोतो क्षेत्रमा बढी क्षति पुगेको आयोजनाले जनाएको छ। बाढीपहिरोका कारण सडक छ दिनसम्म अवरुद्ध भएको थियो। सडक पुनः सञ्चालनमा ल्याउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुका साथै ठूला ढुङ्गा हटाउनसमेतुपरेको थियो।

आयोजना प्रमुख सुवेदीका अनुसार हाल सडक सञ्चालनमा आए पनि क्षतिग्रस्त संरचनाको मर्मत तथा स्तरोन्नति आवश्यक छ। बगाएका काठे पुलको स्थानमा पक्की पुल निर्माण गर्ने र जोखिमयुक्त सडक खण्ड सुधार गर्ने कामका लागि एक अर्ब रुपैयाँको प्रस्ताव गरिएको हो।

यसैगरी, तीन वर्षअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बेँसीसहर–चामे सडकको समग्र स्तरोन्नतिका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ। उक्त योजनामा सडक कालोपत्र गर्ने, आवश्यक स्थानमा ढलान गर्ने र पक्की पुल निर्माण गर्ने लक्ष्य राखिएको छ।

आयोजनाका अनुसार बजेट उपलब्ध भए तत्काल क्षति पुगेका स्थानको पुनर्निर्माणसँगै सडकको दीर्घकालीन सुधार गर्न सकिनेछ। हाल भने उपलब्ध स्रोतसाधनबाट सामान्य मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ।

बेँसीसहर–चामे सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग हो। यस सडकको सुधारले स्थानीय बासिन्दाको आवागमन, पर्यटकको यात्रा र दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज बनाउने अपेक्षा गरिएको छ। तर, पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाउन आवश्यक बजेट उपलब्ध हुनुपर्ने देखिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
२ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
२ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
२ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
६ घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
६ घण्टाअघि

सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके

शनिवार २४ असोज, २०८३
७ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०