विराटनगर । सन् २०२६ को नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नवी पिल्लेलाई प्रदान गरिएको छ।
अन्तर्राष्ट्रिय कानुनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै उनलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।दक्षिण अफ्रिकी मूलकी पिल्ले मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्।
उनी संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चस्तरीय जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्।
नोबेल शान्ति पुरस्कार विश्वभर शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य र मानवअधिकारको संरक्षणमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ।