काठमाडौं महानगरको कार्यालय घेराउ गर्दै व्यवसायीले लगाए ‘बालेन चोर देश छोड’ को नारा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
११ महिनाअघि

काठमाडौं । कबाड व्यवसायीले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतको आदेशविपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोडसहितको अत्याचार गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा प्रदर्शन गर्दै उनीहरूले कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा भृकुटीमण्डपबाट निष्केको जुलुस नाराबाजी गर्दै महानगरको कार्यालय घेराउ गर्न पुगेको हो ।

बालेन चोर देश छोड, कबाड व्यवसायमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, अदालतको आदेश पालना गर, व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगायतका नारा उनीहरूले लगाएका छन् ।

कवाडको आन्दोलनपश्चात कबाड व्यवसायी वार्तामा बस्न तायर भए पनि महानगरले मिडियालाई वार्तास्थलमा रोकेपछि व्यवसायीले कार्यालयबाट बार्ता नगरी बाहिरिएका छन् ।

कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । ‘अब हामी पछाडि हट्ने छैनौं । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं । कि गर्छौं, कि मर्छौं भनेर अब हामी लागिपरेका छौं । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ,’ उनले भने ।

कवाड आन्दोलन संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए ।

उनले काठमाडौंका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए । ‘हामीले काठमाडौंको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौं । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौं । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौं,’ उनले भने, ‘हामी सकिन लागेका छौं । तिमीलाई पनि सकाउँछौं । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौं ।’

कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए । राज्यको आतंक बन्द नगरिएसम्म व्यवसायीक सुरक्षाका लागि आन्दोलन जारी रहने उनले बताए ।

यसैबीच अदालतको आदेश विपरित कामाठाडौं महानगरले कबाडमाथि तोडफोडसहित अत्याचार गरिरहेकाले त्यो बन्द गरी कानून अनुसार व्यापार व्यवसाय गर्न दिनुपर्ने आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जनाएका छन् ।

‘सम्मानित सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाडमाथि गरिरहेको तोडफोड सहितको अत्याचारको बिरुद्ध आज कबाड व्यवसायीहरुले प्रदर्शन गरेको छ । कानून अनुसार हरेक नेपालीले बिना रोकटोक व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित महानगरको यो हस्तक्षेप निन्दनीय छ ।

लाखौं नागरिकको रोजीरोटीसंग जोडिएको यो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुको साटो कानूनी शासनको उपहास गर्दै लुटपाट, छिनछोर, तोडफोड, कुटपिट लगायतका अपराधिक कार्यमा संलग्न जोसुकैलाई तुरुन्त कारवाही गर्न नेपाल सरकार गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराउदछु,’ साहले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित समय: सोमबार ९ भदौ, २०८२, १७:०८:१५

सम्बन्धित खबर

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’

मङ्गलबार २३ असार, २०८३
३ हप्ताअघि

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

सोमबार २२ असार, २०८३
४ हप्ताअघि

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

बुधबार १० असार, २०८३
१ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
१ महिनाअघि
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०