विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
३ महिनाअघि

विराटनगर- मोरङको विराटनगर महानगरपालिका-१ अनुकरण मार्गमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन्।

रामेछाप घर भइ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका २९ वर्षीय रुबिन कार्कीले प्रहरीसहितलाई चक्कु प्रहार गरेका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफन्तले उनलाई नेपाल सुधारगृह काठमाडौं पठाउन लागेका थिए। सोहीबीच उनले कोठामै देहत्याग गर्न लागेको खबर प्रहरीले प्राप्त गरेको थियो।

आइतबार अपराह्न ५:३० बजे सीआरभी भट्टाचोकबाट खटिएको प्रहरी टोलीले उनलाई आफन्तको सहयोगमा सम्झाइबुझाइ गर्दै गर्दा उनले एक्कासि प्रहरी र सुधारगृहका कर्मचारीलाई चक्कु प्रहार गरेका हुन्।

कार्कीको चक्कु प्रहारबाट सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र नेपाल सुधारगृहका कर्मचारी सन्तोष सापकोटा सामान्य घाइते भएका छन्।

उनीहरू सबैको टाउकोमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

चक्कु प्रहार गर्ने कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले तत्काल नियन्त्रणमा लिइ आफ्नो हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०