देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १५ साउन, २०८३
२ महिनाअघि

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावलाई मत्थर पार्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्तिको सन्देश प्रवाह गर्न आज विराटनगरमा बृहत् सद्भाव र्‍याली आयोजना गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय बैठकले दिउँसो ३ बजे महेन्द्र चोकबाट सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो। र्‍याली महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको डाँफे चोकमा पुगेर समापन हुनेछ।

Advertisement

र्‍यालीमा राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रशासनले सबै समुदायलाई शान्ति, सद्भाव र आपसी भाइचाराको सन्देश फैलाउन सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

यसैबीच, देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका रविन्द्र मेहता र अमितकुमार यादवलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको प्रशासनले जनाएको छ। उपचारका लागि सम्बन्धित अस्पतालसँग आवश्यक समन्वय भइरहेको पनि प्रशासनले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउने, उत्तेजना बढाउने तथा सामाजिक सद्भाव खल्बल्याउने सामग्री प्रकाशन वा प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दल तथा सरोकारवालाहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न साझा प्रयास गर्ने तथा कानुनविपरीतका गतिविधि नियन्त्रणमा प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०