मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ साउन, २०८३
१ महिनाअघि

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायत सबै धार्मिक स्थलहरूमा चर्को आवाजमा लाउडस्पीकर, माइक तथा साउण्ड बक्स प्रयोग नगर्न निर्देशन दिएको छ।

बिहीबार सार्वजनिक गरिएको सूचनामा विभिन्न धर्मावलम्बीहरूले धार्मिक गतिविधि सञ्चालनका क्रममा उच्च ध्वनि प्रयोग गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै प्राप्त गुनासोका आधारमा ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको हो।

प्रशासनका अनुसार अत्यधिक आवाजका कारण घरमा रहेका बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने, मानसिक तनाव र दीर्घरोगको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरिएको हो।

यो निर्देशन सर्वोच्च अदालतको २०८० पुस १६ गतेको फैसला तथा नेपाल राजपत्रमा प्रकाशित ध्वनि प्रदूषणसम्बन्धी मापदण्डका आधारमा जारी गरिएको प्रशासनले जनाएको छ।

सरकारले निर्धारण गरेको ध्वनि मापदण्डअनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबलसम्म तथा शहरी आवासीय क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबलसम्म मात्र ध्वनि प्रयोग गर्न पाइने व्यवस्था छ।

यसअघि पनि जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक कार्यक्रमहरूमा डिजे प्रयोगमा रोक लगाएको थियो।

पछिल्लो निर्देशनसँगै धार्मिक स्थलहरूलाई पनि कानुनले तोकेको ध्वनि मापदण्डको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित समय: बिहिबार १४ साउन, २०८३, १२:४८:२४

सम्बन्धित खबर

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
४ घण्टाअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
४ घण्टाअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
१ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२ दिनअघि
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०