विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ असार, २०८३
१ महिनाअघि

विराटनगर- मोरङको विराटनगर महानगरपालिका-१९ वैजनाथपुरस्थित खवास टोलमा रहेको पैनीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

मोरङको ग्रामथान गाउँपालिका-२ निवासी अश्विन सरदारका अन्दाजी ८/९ वर्षीय छोरा प्रिन्स सरदार आइतबार बिहान करिब ११:२० बजे साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे दिउँसो १२:३० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी घिनाघाटबाट प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मोरङ, टंकीसिनवारीबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बोहराको नेतृत्वमा १३ सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।

सुरक्षा निकायको संयुक्त खोजी अभियानपछि बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी दिउँसो करिब २:०० बजे शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो।

पोस्टमार्टम सम्पन्न भएपछि साँझ करिब ५:४० बजे मृतकका बुबा अश्विन सरदारलाई शव बुझाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित समय: सोमबार २९ असार, २०८३, ११:१०:१०
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०