एम्बाप्पेको गोलसँगै पिएसजीले रियललाई हरायो, सिटीको फराकिलो जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
४ वर्षअघि

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सर्वाधिक सफल क्लब रियल मड्रिडलाई हराएको छ ।

मङ्गलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीले स्पेनको रियललाई १–० गोलले हराएको हो ।

फ्रान्सस्थित पर्स डेस प्रिन्समा पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले एकमात्र गोल गरे ।

खेलको पहिलो हाफ र निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ६२औँ मिनेटमा पिएसजीले पेनाल्टीको माैका पाएको थियो ।

तर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा उसले सुरुवाती अग्रता बनाउने अवसर खेर फालेको थियो ।

तर खेलको इन्ज्युरी समयमा एम्बाप्पेले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

उनले नेयमारको पासमा गोल गरेका थिए ।

चोटका कारण लामो समय मैदानबाहिर रहेका नेयमार यसै खेलबाट मैदान फर्किएका हुन् ।

जितसँगै पिएसजीले पहिलो लेगमा अग्रता बनायो ।

अब दोस्रो लेगको खेल ९ मार्चमा रियलको घरेलु मैदानमा हुनेछ ।

रियल च्याम्पियन्स लिगमा सर्वाधिक धेरै अनुभवी टिम हो ।

उसले हालसम्म १३ वटा उपाधि जितेको छ ।

पिएसजी भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

२०१९–२० को सिजनमा फाइनलमा बायर्न म्युनिखसँग हारेसँगै पिएसजीले उपाधि जित्न सकेन ।

यस्तै, गए राति नै भएको अर्को खेलमा साविक उपविजेता म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ सिपीमाथि फराकिलो जित निकाल्यो ।

पोर्चुगलको लिस्बनमा भएको खेलमा सिटीले सिपीमाथि ५–० गोलान्तरको फराकिलो जित निकालेको हो ।

सिटीलाई जिताउन बर्नान्डो सिल्भाले दुई गोल गरे भने रियाद महरेज, फिल फोडेन र रहिम स्टर्लिङले एक–एक गोल गरे ।

खेलको सातौँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।

१७औँ मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले आफ्नो अग्रता दोब्बर बनायो ।

३२औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० गोलले अगाडि बढाए ।

४४औँ मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफभरि सिटीलाई ४–० गोलको अग्रता दिलाए ।

५८औँ मिनेटमा स्टर्लिङले गोल गरेपछि सिटीले एकोहोरो जित दर्ता गरेको हो ।

जितसँगै सिटीले पहिलो लेगमा अग्रता बनाएको छ ।

अब दोस्रो लेगको खेल ९ मार्चमै सिटीको मैदानमा हुने छ ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, ०७:३३:०५

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
४ दिनअघि
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०