विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ससांसद् हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउने निर्णय कहिले हुने भन्दै सभामुख डीपी अर्याल लाई प्रश्न गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरिसकेको उल्लेख गर्दै सभामुखको निर्णयको प्रतीक्षा रहेको बताए।
प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सीमा विवादसम्बन्धी अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै श्रम संस्कृति पार्टीले त्यसलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउन माग गरेको छ।