विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० जेठ, २०८३
४ महिनाअघि

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा आयोजक राष्ट्र क्यानडा र बोस्निया एन्ड हेजगेभिनाले १–१ गोलको बराबरी खेलेका छन्। घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पछि परेको अवस्थाबाट फर्किंदै क्यानडाले ऐतिहासिक एक अंक बटुल्न सफल भयो।

खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडमार्फत गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए। कर्नरबाट आएको बललाई उनले जाली चुमाउँदै आफ्नो टोलीलाई सुरुआती लाभ दिलाए।

Advertisement

गोल खाएपछि आक्रामक बनेको क्यानडाले लगातार दबाब सिर्जना गरे पनि पहिलो हाफमा बराबरी गोल गर्न सकेन। जोनाथन डेभिड र रिची लारियाका केही उत्कृष्ट अवसरहरू खेर गएका थिए भने बोस्नियाली रक्षापंक्तिले मजबुत प्रदर्शन गर्‍यो।

दोस्रो हाफमा क्यानडाले खेलमाथि पकड जमायो। प्रशिक्षक जेसी मार्सले ७८औँ मिनेटमा मैदान छिरेका साइल लारिनले मैदान प्रवेश गरेको केवल दुई मिनेटभित्रै गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। उनको शक्तिशाली प्रहारले घरेलु समर्थकलाई उत्साहित बनाएको थियो।

बाँकी समयमा दुवै टोलीले विजयी गोलको प्रयास गरे पनि थप गोल निस्कन सकेन र खेल बराबरीमै समाप्त भयो। यो नतिजासँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक जोड्न सफल भएको छ। यसअघि विश्वकपमा खेलेका सबै खेलमा क्यानडा पराजित भएको थियो।

घरेलु समर्थकमाझ खेलेको क्यानडाले बल नियन्त्रण र अवसर सिर्जनामा प्रभुत्व जमाए पनि बोस्नियाको अनुशासित रक्षाले उनीहरूलाई पूर्ण तीन अंक लिनबाट रोक्यो। बोस्नियाले भने कठिन दबाब झेलेर महत्वपूर्ण एक अंक सुरक्षित गर्‍यो।

बराबरीसँगै समूह ‘बी’ को प्रतिस्पर्धा थप रोचक बनेको छ। अब क्यानडाले आफ्नो दोस्रो खेलमा कतारको सामना गर्नेछ भने बोस्निया अर्को खेलमा महत्त्वपूर्ण अंकको खोजीमा मैदान उत्रिनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०