विराटनगर । मधेस प्रदेश सरकारले सन् २०२६ देखि २०३६ सम्मका लागि ‘डिजिटल मधेस दशक’ घोषणा गरेको छ ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा गरी सोही अनुसार कार्यक्रम अघि बढाइने बताए ।
उनले प्रादेशिक खेलाडी प्रोत्साहन तथा जीवन निर्वाह भत्तामार्फत खेलाडीलाई प्रोत्साहित गर्ने योजना पनि बजेटमार्फत सार्वजनिक गरे ।