उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ असार, २०८३
४ महिनाअघि

एटलान्टा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार स्पेनलाई विश्वकप डेब्यु टोली केप भेर्डेले गोलरहित बराबरीमा रोक्दै सनसनीपूर्ण नतिजा निकालेको छ ।

सोमबार सम्पन्न खेल गोलरहित बराबरीमा सकिएको हो । खेलभर बलमाथि नियन्त्रण राख्दै स्पेनले लगातार आक्रमण गरे पनि केप भेर्डेको अनुशासित रक्षापंक्ति तथा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन ।

Advertisement

स्पेनले धेरै अवसर सिर्जना गरे पनि अन्तिम टच कमजोर रहँदा खेल गोलरहित बनेको थियो । युरोपेली च्याम्पियन स्पेनका लागि पेड्री, मिकेल ओयारजाबाल, फेरान टोरेस र मार्क कुकुरेल्लाले केही राम्रा अवसर पाए ।

दोस्रो हाफमा मैदान छिरेका युवा स्टार लमिन यामल र डेन ओल्मोले आक्रमणमा थप ऊर्जा दिए पनि गोलको खाता खोल्न सकेनन् ।

यता पहिलोपटक विश्वकप खेलिरहेको केप भेर्डेले सुरुदेखि नै रक्षात्मक रणनीति अपनायो । अफ्रिकी राष्ट्रले स्पेनको ‘टिकी-टाका’ शैलीलाई प्रभावकारी रूपमा निष्क्रिय पार्दै मूल्यवान एक अंक बटुल्यो ।

विश्वकप डेब्युमा स्पेनजस्तो बलियो टोलीविरुद्ध अंक खोस्नु केप भेर्डेका लागि ऐतिहासिक उपलब्धि बनेको छ ।

यस बराबरीसँगै समूह ‘एच’ मा स्पेन र केप भेर्डेले एक–एक अंक जोडेका छन् । यही समूहमा रहेका साउदी अरेबिया र उरुग्वेबीचको खेलपछि समूहको अवस्था थप स्पष्ट हुनेछ ।

स्पेनले अब आफ्नो दोस्रो खेलमा साउदी अरेबियासँग खेल्नेछ भने केप भेर्डेले उरुग्वेको सामना गर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०