एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
एसएस राजमौली

एसएस राजामौली साउथ चलचित्र जगत्का यस्ता निर्देशक हुन्, जो कल्पनामा बुनेका कुराहरूलाई चलचित्रमा उतार्न सिपालु मानिन्छन् ।

एसएस राजामाैली हरेक उमेर समूहका वर्गलाई ध्यान राखेर चलचित्र बनाउने गर्छन् ।

‘बाहुबली : दि बिगिनिङ’ र ‘बाहुबली : दि कन्क्लुजन’ निर्देशन गरिसकेका यिनको चलचित्र बलिउडमा ब्लकबस्टर ठहरिँदै आएको छ ।

‘आरआरआर : राइज रोर रिभोल्ट’ पनि त्यही कोटीमा पर्ने सम्भावना छ ।

किनभने यिनै दर्शकहरू यस चलचित्रका निम्ति प्रतीक्षारत थिए ।

आरआरआर दुई नायक भीमा (एनटीआर जुनियर) र सितारामा राजु (रामचरण)को वरपर घुमेको छ ।

चलचित्रको कथाले दर्शकलाई सन् १९२० मा पुर्याउँछ ।

सन् १९२० तिर हिन्दुस्तानमा अङ्ग्रेजको क्रूरताको पराकास्टा थियो ।

त्यस परिवेशलाई सर्वनाश गर्नुमा नै चलचित्र घुमेको छ ।

सिनेमामा सन् १९२० को दशकको ब्रिटिसकालीन भारतलाई देखाइन्छ ।

जसमा स्काट र उनकी पत्नीले स्थानीय गोंड जातीको एक बच्ची मलीलाई जबरजस्ती उठाएर दिल्ली लैजान्छन् ।

त्यही मलीलाई बचाउन आउँछन् भीम (जूनियर एनटीआर)। अङ्ग्रेज सरकारलाई यसको जानकारी हुन्छ ।

उसलाई रोक्नको लागि एक व्यक्ति चुनिन्छन्, ती हुन्छन् रामराजु राम (रामचरण)।

राम पनि आफ्नो समाजको मुक्तिको लागि बन्दुक लुट्न पुलिसमा जागिर खाएको हुन्छ ।

मली र माटोको मुक्तिका लागि यी पात्रका अभिनय बेजोड छ ।

अङ्ग्रेजहरूको समूहमा रहेका भारतीय सिपाही रामालाई भीमालाई पक्रने जिम्मा दिइन्छ ।

भीमा र रामाले एक अर्कालाई चिनेका हुँदैनन् । दुवैको भेट हुन्छ र दुवै घनिष्ट साथी पनि बन्न पुग्छन् ।

भीमालाई रामा अङ्ग्रेज सिपाही हो भन्ने सुरुमा थाहा हुँदैन तर जब पछि उसले यो कुरा थाहा पाउँछ त्यसपछि के हुन्छ भन्ने नै ‘आरआरआर’को कथा हो ।

के बच्चीलाई अङ्ग्रेजबाट छुटाउन भीमा सफल हुन्छन् ? के भीमालाई समात्न रामा सफल हुन्छन् होला ?

रामा अङ्ग्रेजहरूका लागि काम किन गरिरहेका छन् ? यी सबै कुराहरूको जवाफ पाउन ‘आरआरआर’ हेर्नुपर्ने हुन्छ ।

चलचित्रको क्लाइमेक्स धेरै राम्रो छ ।

क्लाइमेक्सले नै चलचित्रलाई उम्दा बनाउने काम गरेको छ ।

जुनियर एनटीआर र रामाचरणको अभिनयले चलचित्रलाई बेजोड बनाएको छ ।

चलचित्रमा यति उत्कृष्ट एक्सनका दृश्यहरू छन् कि तिनले दर्शकलाई तीन घण्टा एकै ठाउँ राखिदिन्छ ।

आलिया भट्टको भूमिका छोटो छ तर स्मरणीय छ ।

अजय देवगनको भूमिका पनि खासै ज्यादा छैन तर आफ्नो भूमिकालाई उनले दमदार अभिनयमार्फत न्याय गरेका छन् ।

अन्य सहयोगी कलाकारहरूको अभिनयलाई पनि हामीले बिर्सन सक्दैनौँ ।

विजेन्द्र प्रसादको कथा रोचक छ ।

केके सेन्थिलको सिनेम्याटोग्राफीलाई जति तारिफ गरे पनि कम हुन्छ ।

उनको शिल्पले चलचित्रमा देखाइएका एक्सनका दृश्यलाई झनै दमदार बनाइदिएको छ ।

चलचित्रले देशभक्त चरित्रलाई चित्रण गरेको छ ।

चलचित्रको सेट र भीएफएक्सको जति तारिफ गरे पनि कम हुन्छ ।

चलचित्र राम्रो बन्नुको कारण यसको भीएफएक्सले गर्दा पनि हो ।

चलचित्रको सङ्गीत, पटकथा र निर्देशकीय पक्ष पनि राम्रो छ ।

चलचित्रको गीत र दुवै नायकको नृत्यलाई दर्शकले रुचाउने छन् ।
राजामौली जस्ता निर्देशकबाट दर्शकले निकै अपेक्षा राखेका हुन्छन् ।

यस चलचित्रमा उनले आफ्नो पहिचान कायम राख्न कति सफल भएका छन् भन्ने प्रश्नको जवाफ भने चलचित्र हेरेर नै दिन सकिन्छ ।

यो पनि : नाबालिगमाथि करणी गरेको आरोपमा अभिनेता पल शाह जेल चलान [पूर्णपाठसहित]

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, २०:५५:३८
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०