नाबालिगमाथि करणी गरेको आरोपमा अभिनेता पल शाह जेल चलान [पूर्णपाठसहित]

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
५ वर्षअघि
पल शाह

अभिनेता पल शाह जेल चलान भएका छन् ।

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

Advertisement

जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो ।

जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट आज अदालतमा बहस भएको थियो ।

प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए ।

यस्तै, बलात्कारको कसूरमा मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख धरौटी मागेको छ ।

तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग एक लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनिएको छ ।

कृष्ण जोशीले मतियारको भूमिका खेलेको आरोपमा उनलाई पनि मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

जोशीले लामो समयदेखि पलको म्यानेजरका रुपमा काम गरिरहेका थिए ।

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए।

तनहुँमा बलात्कार कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो ।

दुवै घटनाको पीडित एउटै नावालिग थिइन् ।

१६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म र मतियारको भूमिका निभाएको भन्दै जोशीलाई शाहको आधा सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

जोशीले बलात्कार भएको थाहा पाउँदासमेत मिलाउन खोजेको भन्दै मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।

बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए ।

बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो ।

यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा समेत मुद्दा दर्ता भइसकेको छ। नवलपुरको घटनामा भने थुनछेक बहस हुनै बाँकी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०