नवनियुक्त प्रधानमन्त्रीसँग कलाकारहरूको यस्तो अपेक्षा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ भदौ, २०८२
१ वर्षअघि

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई कलाकारले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनीहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै देशले भोगेको मानवीय र जनधनको क्षति, भ्रष्टाचार र बेथितिविरुद्ध उभिएका युवाको सपना पूरा हुने अपेक्षा गरेका छन् ।

Advertisement

अभिनेता हरिवंश आचार्यले सही शासन प्रणाली विकास गर्न हामी सबैको साथ र सहयोग रहने बताएका छन् ।

सहिदको आत्माको शान्तिको कामना गर्दै यो विषम परिस्थितिमा नेपाली सेनाको भूमिका र सम्माननीय राष्ट्रपतिले खेलेको अभिभावकत्व भूमिका सराहनीय रहेको उनको भनाइ छ ।

”देशले भोगेको ठुलो मानविय र जनधनको क्षतिले नेपाल आमाको आखाँ बगीरहेको बेला देश सम्हाल्न स्वच्छ छबि लिएर उभिनु भएकी प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको नेत्रीत्वले भ्रष्टाचार र देशको बेतिथी बिरुद्ध उभिएका युवाहरुको सपना पुरागर्ने प्रणालीको बिकास गर्न हामी सबैको साथ अपरिहार्य छ । शहिदहरुको आत्माको शान्तिको कामना गर्दै यो बिषम परिस्थितिमा नेपाली सेनाको भुमिका र सम्माननीय राष्ट्रपतिले खेल्नुभएको अभिभावकत्व भुमिका सराहनीय छ ।प्रधानमन्त्री ज्यूलाई सफल कार्यकालको शुभकामना,” उनले लेखेका छन् ।

कलाकार दीपकराज गिरीले आमा भएर बोकी हेर सन्तानका पीर ! भनेर शुभकामना दिएका छन् ।

यस्तै सतीले सरापेको ग्लानिभाव त्यागेर आमाको आशिष्ले समुन्नत कहलाउने, यो देशको नयाँ चिनारी, नयाँ बिहानी, नयाँ आशा हेर्न आतुर छु भनी नायिका केकी अधिकारीले लेखेकी छन् ।

कलाकार अनमोल केसी नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको र जित हाम्रो पुस्ताको साहसले सम्भव भएको बताएका छन् ।

‘यस्तो साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा हामी सबैलाई साँच्चिकै गर्व लागेको छ’, उनले लेखेका छन्,‘युवाको सही हस्तक्षेपले जतिसुकै जरा गाडेको भए पनि खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सकिने रहेछ तर हामीले यसका लागि चुकाउनु परेको मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन ।’

नायिका नीति शाहले नेपालको राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको धारणा व्यक्त गरेकी छन् ।

‘हामी परिवर्तन मात्र देखिरहेका छैनौँ, “हामी एउटा ऐतिहासिक क्षणको हिस्सा पनि बनेका छौँ जसलाई अब आउने पुस्ताले सम्झिरहने छ,” उनले लेखेकी छन् ।

नायिका स्वस्तिमा खड्काले “एक दिनमा एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ,” भन्दै बधाई दिएकी छन् ।

‘आशा र विश्वास छ, एउटी आमाले अरू आमाको कोख रित्तिएको सजिलै बिर्सिनुहुन्न र आफ्नो छोराछोरीले चाहेको, देखेको सपना पूरा गर्न निडर, निरन्तर लाग्नुहुने छ,’ उनले लेखेकी छन् ।

नायिका मिरुना मगरले जेनजी पुस्ताले सम्मानसाथ विजय प्राप्त गरेको र नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको क्षणको आफू प्रत्यक्षदर्शी बन्न पाउँदा खुसी लागेको बताएकी छन् ।

यस क्रान्तिकारी आन्दोलनका लागि आफ्नो जीवन बलिदान दिनेलाई उनले सम्मान व्यक्त गरेकी छन् ।

कलाकार प्रदीप खड्काले नयाँ सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गरेका छन् ।

नायिका सुरक्षा पन्तले कानुन पढ्छु भनेर सपना बोकिरहेका सबै विशेषतः चेलीहरूमा : “पढ्न सुरु गर्नूस् है” भन्ने अभिव्यक्ति व्यक्त गरेकी छन् ।

अभिनेता पल शाहले “देशको इतिहास सुनौलो अक्षरले लेखिने क्षण” भन्दै प्रशंसा गरेका छन् ।

उनले आमालाई घरको आधार मात्र नभई माया, अनुशासन र न्यायको प्रतीकका रूपमा व्याख्या गर्दै अब त्यही आमाको ममतामयी स्पर्शले मुलुकलाई नेतृत्व गर्ने अवसर पाएको बताएका छन् ।

“युवापुस्ताको दरिलो सपना र संघर्षको प्रतिनिधित्व गर्दै तपाईंको नेतृत्वमा नयाँ आशाको यात्रा सुरु भएको छ,” उनले लेखेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
३ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
३ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
४ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
८ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
९ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०