बालबालिकालाई अनिवार्य रूपमा कुनकुन खोप लगाउनु पर्छ ?

बालबालिकालाई अनिवार्य खोप

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ चैत, २०७८
४ वर्षअघि
बालबालिकालाई

१५ महिनाभन्दा कम उमेर समूहका बालबालिकालाई विभिन्न रोगको जोखिमबाट बचाउनका लागि केहि नियमित खोप लगाउनुपर्ने हुन्छ ।

नेपालमा शिशु जन्मेदेखि १५ महिनाको अवधिमा बीसीजी, डीपीटी, रुबेला, पोलियो, पीसीभी, दादुरा लगायत विभिन्न प्रकारका १२ वटा खोप अनिवार्य रूपमा लगाउनुपर्छ ।

यि रोगहरू समाजमा पहिलै देखि फैलिरहेको र यसविरुद्धका खोपहरू निकै प्रभावकारी रहेको हुनाले नेपाल सरकारले यी खोपलाई स्वास्थ्य प्रणालीमा अनिवार्य गरिएको छ ।

न्युरो कार्डियो एन्ड मल्टिस्पेसालिटी हस्पिटलका बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद शाहका अनुसार नवजात शिशु तथा बच्चाहरूको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित नभएको हुँदा उनीहरू विभिन्न प्रकारका सङ्क्रमणको जोखिममा हुन्छन् ।

बालबालिकाका लागि लगाइने नियमित खोपहरू जुन-जुन समयमा लगाउनुपर्ने हो, त्यही समयमा नलगाइएमा बालबालिकालाई विभिन्न रोग तथा सङ्क्रमण हुन सक्ने जोखिम रहन्छ ।

नियमित खोप नलगाएमा भविष्यमा बच्चालाई गएर झाडापखाला, निमोनिया, क्षयरोग, हेपाटाइटिस, डिप्थेरिया, दादुराको जोखिम बढी हुने डा. शाह बताउँछन् ।

उनका अनुसार यी रोगहरूले स्वस्थ्य अवस्थालाई गम्भीर पार्ने देखि बिगार्न पनि सक्ने हुँदा बालबालिकालाई दिइने नियमित खोप कुनै पनि हालतमा पनि छुटाउन हुदैन ।

‘नवजात शिशुलाई जन्मनेबित्तिकै बिसिजी खोप लगाइदिनुपर्छ’, उनले भने, ‘एक डोज लगाए पुग्ने उक्त खोपले क्षयरोग तथा मष्तिष्कमा हुने क्षयरोगविरुद्ध जोगाउन र गम्भीरता घटाउन मद्दत गर्छ ।’

त्यसपछि डिपिटी/ हेपाटाइटिस-बी, पोलियोको खोप, निमोनियाविरुद्ध पिसिभी खोप, दादुरा, रुबेलाविरुद्धको खोप, मम्पस्, टिटानसको खोप, जापानिज इन्सेफ्लाइटिस, एफआइपिभी खोप, रोटा भाइरसविरुद्धको खोप दिनुपर्छ ।

यि खोपहरू जन्मिएको ६ हप्ता, १० हप्ता, तीन महिना, नौ महिना र बुस्टर डोजहरू १५ महिनासम्मको उमेरमा दिइने उनको भनाइ छ ।

बालबालिकालाई तालिका अनुसार सबै खोपको सबै मात्रा नछुटाई अनिवार्य रूपमा पूरा गराउनुपर्ने हुन्छ । नियमित खोप बालबालिकामा हुने मृत्युदर घटाउनका लागि दिइन्छ ।

उनका अनुसार प्राय जसो खोपहरू बच्चा पाँच वर्षको उमेरसम्म पुग्दा सबै दिइसकेको हुनुपर्छ ।

 

प्रकाशित समय: आईतबार ६ चैत, २०७८, २१:०१:४९

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०