सरकारले सम्पूर्ण विद्यार्थीहरूलाई खोप लगाउने व्यवस्था गर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालयहरूमा कोरोना खोप अभियान सञ्चालन गरि सम्पूर्ण विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गर्न देशभरका विद्यालयहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयले विद्यार्थीहरूको नाम अद्यावधिक गर्न र तोकिएको उमेर समुहका सबै विद्यार्थीहरूमा खोप सुनिश्चतता गर्न समेत आग्रह गरेको छ ।
कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि विद्यालयहरू बन्द छन् ।