आर्मीलाई झापा गोल्डकपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० फाल्गुण, २०७८
४ वर्षअघि
झापा गोल्डकप

झापामा सम्पन्न पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

Advertisement

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले एक एक गोल गरे ।

झापाका विमल घर्तीमगरले एक गोल फर्काए ।

खेलको १८औं मिनेटमा टेक बहादुरले आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

सुमन अर्यालको क्रस पासमा टेकबहादुरले उत्कृष्ट फिनिस गरे ।

त्यसको ३ मिनेट नबित्दै कप्तान जर्ज प्रिन्सले आर्मीको अग्रता दोब्बर बनाए ।

गोलरक्षक र डिफेन्सको तालमेल नमिल्दा जर्जप्रिन्सले जाली चुमाए ।

गोलरक्षक दिप कार्की अघि बढेको मौकामा उनले गोल गरेका थिए ।

त्यसपछि खेलको २४ औं मिनेटमा झापाका विमलले गोल अन्तर कम बनाए ।

उर्लिचको क्रसपासमा अनमार्क बिमलले हेडर माफर्त गोल गरे ।

दोश्रो हाफका दुवै टोलीले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

सेमिफाइनलमा ए डिभिजन क्लब सातदाेबाटाे युथ क्लबलाई  हराउँदै आर्मी फाइनल प्रवेश गरेकाे थियो भने झापाले सेमिफाइनलमा सङ्कटालाई पाखा लगाएकाे थियाे ।

आयाेजक झापा प्रतियाेगिताकाे हरेक संस्करणकाे फाइनल पुग्ने एकमात्र टाेली थियो ।

पाँचाैँ संस्करणसम्म आइपुग्दा चार पटक फाइनल पुगे पनि झापाले उपाधि जित्न सकेकाे थिएन ।

यसपालि पनि उसको हात खाली भयो ।

यता, झापाकाे प्रतिद्वन्द्वी आर्मी भने प्रतियाेगिताकाे सर्वाधिक सफल टाेली हाे ।

यस संस्करणको उपाधि जितेसँगै उसले चाैथो पटटक गाेल्डकपको उपाधि जितेको छ ।

यस संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाए ।

त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट गाेलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियाेगिता आयोजक समिति अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियाेगिताका सर्वाधिक गाेलकर्तालाई नगद २५ हजार दिइनेछ भने  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

फाइनल खेल हेर्न नेपाली पुरुष राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी समेत झापा आएका थिए ।

यो पनि :

विशाल राई ‘ए’ लाई लाइफटाइम अचिभमेन्ट अवार्ड

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०