विशाल राई ‘ए’ लाई लाइफटाइम अचिभमेन्ट अवार्ड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० फाल्गुण, २०७८
५ वर्षअघि
विशाल राइ

झापा ११ एफसीका मिडफिल्डर विशाल राई ‘ए’ लाई झापा गोल्डकप आयोजक समितिले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

बिर्तामोडमा आयोजना गरेको प्रिम्याच कन्फरेन्समा झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले उक्त घोषणा गरेका थिए ।

सोहीअनुरूप सोमबार फाइनल खेलपछि उनलाई सो अवार्डबाट सम्मानित गरिएको थियो ।

सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने दुवै टोलीका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए ।

झापा-११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको थियो ।

उनलाई झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले मोटरसाइकलको चाबी प्रदान गरेका थिए ।

विशालले झापा-११ र सिक्किमबीचको खेल यस पटक खेलेका थिए ।

यसअघि आयोजकले झापा-११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।

माेफसलकाे चर्चित फुटबल प्रतियाेगिता झापा गाेल्डकपकाे पाँचाैँ संस्करणकाे उपाधि छिनाेफानाे आज भयो ।

बिर्तामाेडस्थित डाेमालाल राजवंशी रङ्शालामा ए डिभिजन क्लब त्रिभुवन आर्मीले आयाेजक झापा ११ आमनेमाथि २-१ गोलको जित निकाल्दै उपाधि जित्यो ।

सेमिफाइनलमा ए डिभिजन क्लब सातदाेबाटाे युथ क्लबलाई  हराउँदै आर्मी फाइनल प्रवेश गरेकाे थियो भने झापाले सेमिफाइनलमा सङ्कटालाई पाखा लगाएकाे थियाे ।

आयाेजक झापा प्रतियाेगिताकाे हरेक संस्करणकाे फाइनल पुग्ने एकमात्र टाेली थियो । पाँचाैँ संस्करणसम्म आइपुग्दा चार पटक फाइनल पुगे पनि झापाले उपाधि जित्न सकेकाे थिएन ।

यसपालि पनि उसको हात खाली भयो ।

यता, झापाकाे भाेलिकाे प्रतिद्वन्द्वी आर्मी भने प्रतियाेगिताकाे सर्वाधिक सफल टाेली हाे । यस संस्करणको उपाधि जितेसँगै उसले चाैथो पटटक गाेल्डकपको उपाधि जितेको छ ।

यस संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाए ।

त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट गाेलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियाेगिता आयोजक समिति अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियाेगिताका सर्वाधिक गाेलकर्तालाई नगद २५ हजार दिइनेछ भने  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

फाइनल खेल हेर्न नेपाली पुरुष राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी समेत झापा आएका थिए ।

प्रकाशित समय: सोमबार ३० फाल्गुण, २०७८, १०:५२:१५
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०