फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ मङ्सिर, २०८३
२ घण्टाअघि

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवार्ड्सका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाली फुटबलको वर्तमान अवस्था र अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको प्रतिबन्धको विषयमा छलफल गरेका थिए । उनले फिफा र एएफसीका प्रतिनिधिहरूलाई नेपाली पक्षबाट उपहारसमेत प्रदान गरेका थिए ।

Advertisement

मन्त्री पोखरेलका अनुसार छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा कुराकानी भएको थियो । एन्फामाथि लागेको प्रतिबन्ध हटाउने विषयमा फिफा र एएफसीका अधिकारीहरू सकारात्मक देखिएको उनले बताएका छन् ।

यसअघि एन्फाले आफ्नो संगठनभित्र तहगत निर्वाचन गर्ने सहमति जनाएको थियो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने विषयमा मौखिक सहमति जनाएको मन्त्री पोखरेलको भनाइ छ । यद्यपि, फिफाबाट औपचारिक निर्णय र आवश्यक प्रशासनिक प्रक्रिया पूरा हुन बाँकी छ ।

फिफाले समेत प्रतिबन्ध फुकुवा गरेमा नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा भोगिरहेको अवरोध हट्ने अपेक्षा गरिएको छ । यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र नियमित गतिविधि सञ्चालनका लागि बाटो सहज बनाउने विश्वास गरिएको छ ।

राखेपले एन्फामाथिको प्रतिबन्ध हटाइसकेको र फिफासँगको छलफल पनि सकारात्मक भएको भनिएसँगै नेपाली फुटबलमा देखिएको अन्योल अन्त्य हुने संकेत देखिएको छ ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पत्रकारिताबाट पार्टी राजनीतिमा पोख्रेलको प्रवेश, कांग्रेस लुम्बिनी महामन्त्रीमा उम्मेदवारी घोषणा

शुक्रबार ५ मङ्सिर, २०८३
२१ minutes

निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी हो : विद्यादेवी भण्डारी

बिहिबार ४ मङ्सिर, २०८३
१ दिनअघि

नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’

बुधबार ३ मङ्सिर, २०८३
२ दिनअघि

पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

मङ्गलबार २ मङ्सिर, २०८३
३ दिनअघि

कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा

सोमबार १ मङ्सिर, २०८३
४ दिनअघि
पत्रकारिताबाट पार्टी राजनीतिमा पोख्रेलको प्रवेश, कांग्रेस लुम्बिनी महामन्त्रीमा उम्मेदवारी घोषणा
शुक्रबार ५ मङ्सिर, २०८३
नेपाली बजारमा सुनको भाउमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तो
शुक्रबार ५ मङ्सिर, २०८३
फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत
शुक्रबार ५ मङ्सिर, २०८३
राखेपले गर्यो एन्फामाथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा
बिहिबार ४ मङ्सिर, २०८३
निर्वाचनमा एमालेले व्यहोरेको धक्का अस्थायी हो : विद्यादेवी भण्डारी
बिहिबार ४ मङ्सिर, २०८३
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०