राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले कञ्चनपुरस्थित भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुल तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन्।
पार्टीको कामका सिलसिलामा महेन्द्रनगर पुगेका थापाले सोमबार दोधारा चाँदनी पुगेर गत भदौमा भत्किएको पुलको अवस्थाबारे जानकारी लिएका हुन्।
करिब डेढ किलोमिटर लामो उक्त पुल महाकाली नदीका दुवैतर्फ रहेका नेपाली भूभागलाई जोड्ने महत्त्वपूर्ण संरचना भएको उनले बताएका छन्। पुलको आर्थिक तथा सामाजिक महत्त्वसमेत रहेको उल्लेख गर्दै उनले भत्किएपछि स्थानीयवासीले आवतजावतमा कठिनाइ भोग्नुपरेको बताए।
थापाले पुलको शीघ्र पुनर्निर्माणका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।