झापा गाेल्डकपकाे उपाधि छिनाेफानाे भाेलि हुने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ फाल्गुण, २०७८
५ वर्षअघि
झापा गाेल्डकपकाे

माेफसलकाे चर्चित फुटबल प्रतियाेगिता झापा गाेल्डकपकाे उपाधि रक्षा गर्न आफूहरु तयार रहेकाे फाइनल पुग्ने दुवै टाेलीः त्रिभुवन आर्मी र आयाेजक झापा ११ ले बताएका छन् ।

फाइनलअघि भएकाे प्रि–म्याच कन्फरेन्समा बाेल्दै दुवै टाेलीले यस्ताे बताएका हुन् ।

Advertisement

पाँचाैँ संस्करणकाे झापा गाेल्डकपकाे उपाधिकाे छिनाेफानाे भाेलि हुँदैछ ।

विर्तामाेडस्थित डाेमालाल राजवंशी रङ्शालामा भाेलि मध्यान्ह १२ बजे सुरु हुने फाइनल खेलमा उपाधि जित्न आफूहरु तयार रहेकाे दुवै टाेलीका प्रशिक्षकहरुले बताएका छन् ।

आयाेजक झापा–११ का प्रशिक्षक सन्ताेष गुरुङले आफ्नाे टाेली यसपटक उपविजेता नबन्ने तयारीमा रहेकाे स्पष्ट पारेका छन् । त्यसका लागि झापाले स्टार खेलाडी भित्र्याएकाे र उपाधि आफ्नाे  टाेलीकाे पक्का भएकाे उनले दाबी गरे ।

‘हामी चारपटकसम्म उपविजेतामा चित्त बुझाएका टाेली हाैँ’ प्रि–म्याच कन्फरेन्समा बाेल्दै उनले बताए, ‘यसपटक जित निकाल्छाैँ र ट्रफी घरमै राख्छाैँ ।’

यस्तै, त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्याैपानेले भने झापाभन्दा आफ्नाे टाेली बढि नै सन्तुलित भएका कारण जित आफ्नाे हुने तर्क गरे ।

‘झापा क्लेक्टिभ टाेली हाे, अन्य खेलाडी ल्याइएर बनाइएकाे’ प्रशिक्षक न्याैपानेले भने, ‘हामीले लामाे समयदेखि खेल्दै आइरहेका छाैँ, दिन प्रतिदिन खेल सुधार भइरहेकाे त्यसैलै उपाधि हामीले जित्ने निश्चित छ ।’

आर्मी सेमिफाइनलमा ए डिभिजन क्लब सातदाेबाटाे युथ क्लबलाई  हराउँदै फाइनल प्रवेश गरेकाे हाे भने झापाले सेमिफाइनलमा सङ्कटालाई पाखा लगाएकाे थियाे ।

आयाेजक झापा प्रतियाेगिताकाे हरेक संस्करणकाे फाइनल पुग्ने एक मात्र टाेली हाे । पाँचाैँ संस्करणसम्म आइपुग्दा चार पटक फाइनल पुगे पनि झापाले उपाधि जित्न सकेकाे छैन ।

यता झापाकाे भाेलिकाे प्रतिद्वन्द्वी आर्मी भने प्रतियाेगिताकाे सर्वाधिक सफल टाेली हाे । हालसम्म तीन पटक गाेल्डकपकाे फाइनल पुगेकाे आर्मीले तीनै पटक गाेल्डकपकाे उपाधि उचालि सकेकाे छ ।

यस संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउनेछन् ।

त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट गाेलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियाेगिता आयोजक समिति अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियाेगिताका सर्वाधिक गाेलकर्तालाई नगद २५ हजार दिइनेछ भने  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

भाेलि हुने फाइनल खेल हेर्न नेपाली पुरुष राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी समेत झापा आउने भएका छन् ।

अब्दुल्लाह आफैंले सामाजिक सञ्जालमा पाेस्ट गर्दै यसकाे पुष्टि गरिसकेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०