स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज कुनै परिवर्तन आएको छैन। गत शुक्रबारकै मूल्यमा दुवै धातुको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार पनि सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी ३ हजार ८१० रुपैयाँमै कारोबार भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा मूल्यमा कुनै घटबढ नभएको हो।