विराटनगर । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कायम भएको छ । आइतबार सुन २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो