भोटेकोशी बाढीको घटनादेखि पुनर्निर्माणका चुनौतीसम्म समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी र त्यसपछिका उद्धार, राहत तथा पुनर्निर्माणका प्रयास समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ को आवरण सार्वजनिक गरिएको छ।

तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरेको हो। कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, लेखक, सम्पादक र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

Advertisement

डा. ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखेको पुस्तकमा सात जना सहसम्पादकसहित विभिन्न क्षेत्रका इन्जिनियर, अनुसन्धानकर्ता र प्राविधिक विज्ञले सहकार्य गरेका छन्। छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीको उत्पत्ति, त्यसले पुर्‍याएको क्षति, उद्धार तथा खोजीका अनुभव र प्रभावित समुदायको अवस्थाबारे विस्तृत विवरण समेटिएको छ।

‘द सनसाइन फ्लड’ अर्थात् आकाशमा बादल नहुँदै आएको बाढी नाम दिइएको पुस्तकमा गत अगस्ट २६ अर्थात् भदौ १० गते हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूलीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ।

वर्षा, बादल वा नदीको सतह बढ्ने पूर्वसंकेतबिनै आएको बाढीले रसुवाको रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै नुवाकोट तथा अन्य नदी तटीय क्षेत्रका बस्ती र पूर्वाधारमा क्षति पुर्‍याएको थियो। पुस्तकमा प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, वैज्ञानिक अध्ययन र अभिलेखका आधारमा उक्त घटनाको विश्लेषण गरिएको छ।

पुस्तकमा विपद्पछिको राहत तथा पुनःस्थापनाका कामलाई पनि प्राथमिकता दिइएको छ। पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा तरङ्ग नेपालले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण समावेश छ।

पुस्तकअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो। त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो।

रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ परिवारलाई विद्युतीय हिटर, केतली र थर्मस वितरण गरिएको थियो। नुवाकोटको विदुर नगरपालिका–१, ७ र १० का गरी ४९७ परिवारलाई घरायसी तथा पुनर्निर्माणका औजार उपलब्ध गराइएको उल्लेख छ।

त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० परिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री तथा विदुर नगरपालिका–१० का १०० परिवारलाई ग्यास सिलिन्डरसहितका सामग्री वितरण गरिएको थियो। स्वास्थ्य संस्थालाई औषधि तथा स्वास्थ्य सामग्री र वडा कार्यालयलाई वैकल्पिक विद्युत् आपूर्तिका लागि सौर्य ऊर्जा तथा इन्भर्टर प्रणालीसमेत उपलब्ध गराइएको थियो।

पुस्तकले राहत वितरणसँगै भविष्यमा यस्ता विपद्बाट हुने क्षति घटाउने उपायसमेत औँल्याएको छ। भोटेकोशी–त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणाली विकास, नदीमा थुप्रिएको गेग्रानको व्यवस्थापन, जलविद्युत् आयोजनाको सुरक्षा र जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माणअघि आवश्यक मूल्याङ्कन गर्नुपर्ने सुझाव दिइएको छ।

त्यस्तै, सीमापार सूचना आदानप्रदान, रसुवाको खाद्य सुरक्षा र बाढीबाट थुप्रिएको ढुङ्गामाटोलाई पुनर्निर्माण सामग्रीका रूपमा प्रयोग गर्ने सम्भावनाबारे पनि पुस्तकमा चर्चा गरिएको छ।

वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले बाढीबाट भएको विनाशसँगै प्रभावित समुदायको संघर्ष, सहनशीलता र पुनःस्थापनाका लागि भएका सामूहिक प्रयासलाई अभिलेखीकरण गरेको बताए।

तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले विपद्पछिको स्थलगत अध्ययन, प्रभावित समुदायसँगको अन्तरक्रिया र मानवीय सहायता अभियानका अनुभवले पुस्तक तयार पार्न सहयोग पुगेको जानकारी दिए।

कथात्मक गैरआख्यान विधामा तयार गरिएको पुस्तकले प्राकृतिक विपद्को घटनालाई अभिलेखमा राख्नुका साथै भविष्यमा विपद् व्यवस्थापन, पूर्वतयारी र जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई उपयोगी सामग्री प्रदान गर्ने अपेक्षा गरिएको छ। पुस्तक रसुवा र त्रिशूली उपत्यकाका प्रभावित बासिन्दालाई समर्पित गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान

आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा

आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

सामाजिक सञ्जालको पोस्टबारे उजुरी परेपछि साइबर ब्युरो पुग्दै कांग्रेस नेता शिवाकोटी

आईतबार २३ कार्तिक, २०८३
९ घण्टाअघि

सरकारको कार्यशैलीप्रति कांग्रेस महामन्त्री पन्तको आपत्ति, सडक आन्दोलनमा जाने चेतावनी

शनिवार २२ कार्तिक, २०८३
१ दिनअघि

ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ

शनिवार २२ कार्तिक, २०८३
१ दिनअघि

भुटानी शरणार्थी प्रकरणको फैसला र स्वार्थको द्वन्द्वबारे प्रस्तावित न्यायाधीश पाण्डेसँग सांसद् अर्यालको प्रश्न

शनिवार २२ कार्तिक, २०८३
१ दिनअघि
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
सामाजिक सञ्जालको पोस्टबारे उजुरी परेपछि साइबर ब्युरो पुग्दै कांग्रेस नेता शिवाकोटी
आईतबार २३ कार्तिक, २०८३
सुन प्रतितोला २ लाख ८३ हजार, चाँदी ३ हजार ८१० रुपैयाँमै कायम
आईतबार २३ कार्तिक, २०८३
सार्वजनिक खरिदमा श्रमिकको ज्याला र सामाजिक सुरक्षा अनिवार्य, उल्लंघन गर्नेलाई कालोसूचीमा राखिने
आईतबार २३ कार्तिक, २०८३
भोटेकोशी बाढीको घटनादेखि पुनर्निर्माणका चुनौतीसम्म समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक
आईतबार २३ कार्तिक, २०८३
सरकारको कार्यशैलीप्रति कांग्रेस महामन्त्री पन्तको आपत्ति, सडक आन्दोलनमा जाने चेतावनी
शनिवार २२ कार्तिक, २०८३
ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ
शनिवार २२ कार्तिक, २०८३
भुटानी शरणार्थी प्रकरणको फैसला र स्वार्थको द्वन्द्वबारे प्रस्तावित न्यायाधीश पाण्डेसँग सांसद् अर्यालको प्रश्न
शनिवार २२ कार्तिक, २०८३
आकर्षक देखिने मिठाईमा अखाद्य रङ र मिसावटको जोखिम, उपभोक्ता सचेत रहनुपर्ने
शनिवार २२ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०