सरकारको कार्यशैलीप्रति कांग्रेस महामन्त्री पन्तको आपत्ति, सडक आन्दोलनमा जाने चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ कार्तिक, २०८३
८ घण्टाअघि

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकारले दुई तिहाइको शक्तिको आडमा आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई दबाउन खोजेको आरोप लगाएकी छन्। लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप भए कांग्रेस सडक आन्दोलनमा उत्रिने उनको चेतावनी छ।

नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पन्तले मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको बताइन्।

Advertisement

उनले देशका प्रमुख समस्या समाधानमा ध्यान दिनुको सट्टा लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा राजनीतिक दलविरुद्ध राज्यशक्ति प्रयोग भइरहेको दाबी गरिन्। प्रश्न गर्ने नागरिकलाई लखेट्ने र खेद्ने प्रवृत्ति लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

पन्तले शिक्षा क्षेत्रको गुणस्तर खस्किँदै गएको र रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिने क्रम बढेको पनि बताइन्। युवालाई स्वदेशमै भविष्य देखाउन सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप थियो। कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने उनले बताइन्।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता किरणबाबु श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीमा नयाँ उत्साह थपेको बताए। कांग्रेस र पार्टी नेतृत्वविरुद्ध प्रायोजित गतिविधि भइरहेको दाबी गर्दै उनले लोकतन्त्रको रक्षाका लागि नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।

श्रेष्ठले बूढीगण्डकी क्षेत्रमा बाढीबाट घरबारविहीन भएका नागरिकले अझै छानो र पालसमेत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन उनले माग गरे।

नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले राज्यशक्तिको आडमा कसैलाई अनावश्यक रूपमा तर्साउने काम नगर्न सरकारलाई चेतावनी दिइन्। लोकतन्त्रमाथि खतरा उत्पन्न गर्ने गतिविधि भए नेविसंघ चुप लागेर नबस्ने उनको भनाइ थियो।

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्र र स्वतन्त्रतामाथि चुनौती सिर्जना भए भ्रातृ संगठनसहित कांग्रेस सडकमा उत्रिने बताइन्। अर्का केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले महँगी र बेरोजगारी बढिरहँदा सरकारले नागरिकका समस्यालाई प्राथमिकता दिन नसकेको आरोप लगाए।

समितिका अध्यक्ष कमल पन्तको अध्यक्षतामा सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। कार्यक्रममा दीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको शुभकामना आदानप्रदानसँगै सम्मान तथा चियापान गरिएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ

शनिवार २२ कार्तिक, २०८३
९ घण्टाअघि

भुटानी शरणार्थी प्रकरणको फैसला र स्वार्थको द्वन्द्वबारे प्रस्तावित न्यायाधीश पाण्डेसँग सांसद् अर्यालको प्रश्न

शनिवार २२ कार्तिक, २०८३
९ घण्टाअघि

भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणका लागि ५ अर्ब डलरसम्म जुटाउने सरकारको तयारी

शुक्रबार २१ कार्तिक, २०८३
१ दिनअघि

विश्वका समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक : शेरधन राई

शुक्रबार २१ कार्तिक, २०८३
१ दिनअघि

सरकारका निर्णयमाथि प्रश्न गर्नु पार्टीको जिम्मेवारी हो : रवि लामिछाने

शुक्रबार २१ कार्तिक, २०८३
१ दिनअघि

राउटे समुदायको परम्परागत उत्पादनको बजारीकरणमा मन्त्री बादीको चासो

शुक्रबार २१ कार्तिक, २०८३
१ दिनअघि
सरकारको कार्यशैलीप्रति कांग्रेस महामन्त्री पन्तको आपत्ति, सडक आन्दोलनमा जाने चेतावनी
शनिवार २२ कार्तिक, २०८३
ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ
शनिवार २२ कार्तिक, २०८३
भुटानी शरणार्थी प्रकरणको फैसला र स्वार्थको द्वन्द्वबारे प्रस्तावित न्यायाधीश पाण्डेसँग सांसद् अर्यालको प्रश्न
शनिवार २२ कार्तिक, २०८३
आकर्षक देखिने मिठाईमा अखाद्य रङ र मिसावटको जोखिम, उपभोक्ता सचेत रहनुपर्ने
शनिवार २२ कार्तिक, २०८३
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने
शनिवार २२ कार्तिक, २०८३
भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणका लागि ५ अर्ब डलरसम्म जुटाउने सरकारको तयारी
शुक्रबार २१ कार्तिक, २०८३
विश्वका समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक : शेरधन राई
शुक्रबार २१ कार्तिक, २०८३
सरकारका निर्णयमाथि प्रश्न गर्नु पार्टीको जिम्मेवारी हो : रवि लामिछाने
शुक्रबार २१ कार्तिक, २०८३
राउटे समुदायको परम्परागत उत्पादनको बजारीकरणमा मन्त्री बादीको चासो
शुक्रबार २१ कार्तिक, २०८३
रास्कोटमै मालपोत र नापी सेवा सुरु, सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता हट्दै
शुक्रबार २१ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०