आकर्षक देखिने मिठाईमा अखाद्य रङ र मिसावटको जोखिम, उपभोक्ता सचेत रहनुपर्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ कार्तिक, २०८३
३ हप्ताअघि

चाडपर्वको समयमा मिठाईको माग बढेसँगै बजारमा गुणस्तरहीन तथा मिसावटयुक्त खाद्यवस्तुको जोखिम पनि बढ्ने गरेको छ। विशेषगरी तिहारमा विभिन्न प्रकारका रंगीन मिठाईको बिक्री बढ्ने भएकाले उपभोक्ताले खरिद गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

मिठाईलाई आकर्षक बनाउन प्रयोग गरिने सबै रङ खानयोग्य हुँदैनन्। खाद्यवस्तुमा प्रयोग गर्न अनुमति पाएका रङसमेत तोकिएको मात्रामा मात्र प्रयोग गर्न पाइन्छ। तर कतिपय अवस्थामा मिठाईमा कपडा तथा अन्य औद्योगिक प्रयोजनका लागि बनाइएका अखाद्य रङ प्रयोग हुने गरेको पाइएको छ।

Advertisement

रोडामाइन बी, मालाचाइट ग्रिन र मेटालिन यल्लोजस्ता औद्योगिक रङ स्वास्थ्यका लागि हानिकारक मानिन्छन्। यस्ता रसायनको सेवनले पाचन प्रणालीमा समस्या ल्याउनुका साथै कलेजो, मिर्गौला र अन्य अंगमा असर पुर्‍याउन सक्छ। दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या तथा क्यान्सरको जोखिमसमेत बढ्न सक्ने बताइएको छ।

मिठाईमा रङ मात्रै नभई खुवा, घिउ र तेलमा समेत मिसावट हुने जोखिम रहन्छ। बढी नाफा कमाउने उद्देश्यले खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउने तथा कम गुणस्तरको घिउ र तेल प्रयोग गर्ने गरिएको उल्लेख छ। यस्ता खाद्यपदार्थ सेवन गर्दा पेट दुख्ने, वान्ता आउने, पखाला लाग्ने र अपचजस्ता समस्या देखिन सक्छन्।

त्यस्तै, खुला ठाउँमा राखेर बिक्री गरिने मिठाई धुलो, धुवाँ, झिँगा तथा अन्य कीराका कारण दूषित हुन सक्छन्। उत्पादन मिति, प्रयोग गर्न मिल्ने अवधि र सामग्रीको विवरण उल्लेख नगरी बिक्री गरिने मिठाईले उपभोक्तालाई थप जोखिममा पार्ने गरेको छ।

स्वास्थ्यका दृष्टिले अत्यधिक गुलियो, चिल्लो र मसलादार खानेकुराको सेवन पनि उपयुक्त मानिँदैन। विशेषगरी मधुमेह, ग्यास्ट्रिक तथा अल्सर भएका व्यक्तिले खानपानमा बढी ध्यान दिन आवश्यक छ।

उपभोक्ताले मिठाई किन्दा अत्यधिक चम्किलो रङ भएका तथा खुला रूपमा अस्वच्छ ठाउँमा राखिएका परिकारबाट जोगिनुपर्छ। उत्पादन र प्रयोग मिति उल्लेख भएका, सफा तरिकाले प्याक गरिएका तथा विश्वसनीय पसलका खाद्यवस्तु छनोट गर्नु उचित हुन्छ।

खाद्य मिसावट नियन्त्रणका लागि नियमित बजार अनुगमन, प्रभावकारी परीक्षण र दोषीमाथि कारबाही आवश्यक छ। साथै व्यापारीको जिम्मेवारी र उपभोक्ताको सचेतना बढाउन सके चाडपर्वमा हुने खाद्यजन्य जोखिम कम गर्न सकिन्छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी

बुधबार १० मङ्सिर, २०८३
३ दिनअघि

उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता

शुक्रबार ५ मङ्सिर, २०८३
१ हप्ताअघि

डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह

बिहिबार २० कार्तिक, २०८३
३ हप्ताअघि

स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउन नेपाल र जापानबीच छलफल

बुधबार १९ कार्तिक, २०८३
३ हप्ताअघि
Vitamin a

आजदेखि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मङ्गलबार १८ कार्तिक, २०८३
४ हप्ताअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
१ महिनाअघि
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच समसामयिक विषयमा छलफल
शुक्रबार १२ मङ्सिर, २०८३
अनुसन्धानका लागि पूर्वमुख्यसचिव अर्याललाई अदालतमा पेस
शुक्रबार १२ मङ्सिर, २०८३
पूर्वकृषिमन्त्री परियारलाई अन्तर्राष्ट्रिय कृषि इन्जिनियरिङ फेलो अवार्ड
शुक्रबार १२ मङ्सिर, २०८३
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०