विराटनगर । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदी तोलामा १०५ रुपैयाँले घटेर आज ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।