प्रधान सेनापति खुला म्याराथनको ११औँ संस्करण माघ २४ गते हुँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
३ महिनाअघि

काठमाडौं – प्रधान सेनापति खुला म्याराथनको ११औँ संस्करण आगामी माघ २४ गते आयोजना हुने भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा २६३औँ सेना दिवसको अवसर पारेर म्याराथन आयोजना गरिने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

यस वर्ष म्याराथनको नारा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ तय गरिएको छ। प्रतियोगितामा पुरुष म्याराथन (४२.१९५ किमी), महिला तथा पुरुष हाफ म्याराथन (२१ किमी) विधामा प्रतिस्पर्धा हुनेछ।

पुरुषतर्फ म्याराथन र हाफ म्याराथनका विजेताले मोटरसाइकल तथा महिलातर्फ हाफ म्याराथनकी विजेताले स्कुटर प्राप्त गर्नेछन्। हाफ म्याराथनका दुबै विजेताका लागि काठमाडौं महानगरपालिकाले पुरस्कार उपलब्ध गराउनेछ भने पुरुषतर्फको म्याराथन विजेतालाई रिसिक अटोमोबाइल प्रालिले मोटरसाइकल प्रदान गर्नेछ।

त्यसैगरी १० किमी दौड सैनिक अधिकृत, सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत पदाधिकारी (महिला/पुरुष), सैनिक महाविद्यालयका तथा सेवारत/अवकाश प्राप्त सकलदर्जाका कक्षा १०–१२ मा अध्ययनरत छोराछोरी तथा गैरसैनिक कक्षा १०–१२ का विद्यार्थीका लागि खुला रहनेछ।

५ किमी वाकाथन प्रमुख अतिथि तथा आमन्त्रित उच्चपदस्थ व्यक्तित्वका लागि राखिएको छ भने ५ किमी दौड सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्र–छात्राका लागि हुनेछ।

प्रतियोगितामा कुल झन्डै १४ लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गरिनेछ। म्याराथनका विजेताले मोटरसाइकलसहित ३ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष १० खेलाडीलाई नगद पुरस्कार दिइनेछ।

हाफ म्याराथनमा विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। अन्य विधामा विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

सेनाले म्याराथनमा २५०, हाफ म्याराथनमा ६००, १० किमीमा ८००, ५ किमी दौड तथा वाकाथनमा ५५० र अफिसियल ३०० गरी करिब २ हजार ५ सय जनाको सहभागिता रहने विश्वास लिएको छ।

भद्रकालीस्थित जंगी अड्डाबाट सुरु हुने म्याराथन सहरका विभिन्न भाग परिक्रमा गरी पुनः सोही स्थानमा आएर सम्पन्न हुनेछ।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, १७:४८:१०
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०