अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ कार्तिक, २०८३
९ घण्टाअघि

रूस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित मंगलबार र बुधबार संयुक्त अरब इमिरेट्सको अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुने भएको छ। यसअघि जनवरी र फेब्रुअरीमा अमेरिकी मध्यस्थतामा भएका छलफलबाट कुनै ठोस सहमति हुन नसकेपछि पुनः वार्ता गर्न लागिएको हो।

अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार यसपटकको छलफलमा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव कम गर्ने उपाय, मानवीय सहायता र शान्ति स्थापनाका आगामी कदमबारे विचारविमर्श हुनेछ।

Advertisement

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सुरक्षा प्रत्याभूति, ऊर्जा क्षेत्रमा युद्धविराम, युद्धबन्दी आदानप्रदान र तीन देशका शीर्ष नेताबीच सम्भावित बैठकलाई प्राथमिकतामा राखेका छन्। यद्यपि, युक्रेनी सांसद दाभिड अराखामियाले तत्कालै ठूलो उपलब्धि हासिल हुने अपेक्षा नरहेको बताएका छन्। लामो समयपछि वार्ता पुनः सुरु हुनु नै सकारात्मक पक्ष भएको उनको भनाइ छ।

वार्तामा अमेरिकाका तर्फबाट विशेष दूत विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन्। रूसले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा सैन्य तथा गुप्तचर अधिकारीसहितको टोली पठाउने भएको छ। युक्रेनी टोलीको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन्।

यसैबीच, युरोपेली संघ (ईयू) ले पनि वार्तामा आफ्नो चासो देखाएको छ। जेलेन्स्कीले सोमबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनसँग साझा रणनीतिबारे छलफल गरेका थिए। भोन देर लेयनले युरोप आफ्ना सहयोगीहरूसँगै वार्ता प्रक्रियामा उपस्थित रहने बताएकी छन्।

वार्ताका क्रममा जर्मनी, फ्रान्स, बेलायत र इटालीका उच्च कूटनीतिक तथा सुरक्षा अधिकारीहरूसँग छुट्टै छलफल गर्ने तयारीसमेत छ। नेटोका प्रतिनिधिहरू पनि अबुधाबी पुग्ने बताइएको छ। तर, युरोपेली अधिकारीहरू मुख्य वार्तामा औपचारिक रूपमा सहभागी हुने वा पर्यवेक्षकका रूपमा मात्र रहने भन्ने अझै स्पष्ट भएको छैन।

रूसले भने अबुधाबीको वार्ता युक्रेन, रूस र अमेरिकाबीच मात्र हुने बताएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार युरोपेली प्रतिनिधिहरूले बढीमा पर्यवेक्षकको भूमिका पाउन सक्छन्। यसअघि जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई ७० अर्ब युरो सहयोग गर्ने ईयूको प्रतिबद्धता दोहोर्‍याउँदै युद्ध अन्त्यका लागि पुटिनलाई गम्भीर हुन आग्रह गरेका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी

सोमबार २४ कार्तिक, २०८३
१ दिनअघि

चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ

सोमबार २४ कार्तिक, २०८३
१ दिनअघि

ट्रम्पको हत्या गर्ने धम्की दिएको आरोपमा ह्वाइट हाउस नजिकै हतियारसहित युवक पक्राउ

शनिवार २२ कार्तिक, २०८३
३ दिनअघि
Official Inaugural Portrait of Vice President-Elect J.D. Vance / Daniel J. Torok

इरान युद्धलाई चुनावी हारको कारण देखाउँदै ट्रम्प प्रशासनमाथि भान्सको प्रश्न

बिहिबार २० कार्तिक, २०८३
५ दिनअघि

टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार

बुधबार १९ कार्तिक, २०८३
६ दिनअघि

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, दुवै सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा

बुधबार १९ कार्तिक, २०८३
६ दिनअघि
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी
सोमबार २४ कार्तिक, २०८३
चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ
सोमबार २४ कार्तिक, २०८३
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
सोमबार २४ कार्तिक, २०८३
गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा
सोमबार २४ कार्तिक, २०८३
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०